कप्तान पारस बने एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली क्रिकेटर

 

माघ १४, काठमाडौँ । घरेलु टोली युएई विरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन् । कप्तान पारसले ५० बलमा ५० रन पुरा गरेका हुन् । 

यो सँगै कप्तान पारस एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा दुई अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन् । नेपालले अहिले ब्याटिङ गरिरहेको छ । 

null

यसअघि नेपालले पहिलो विकेटको रुपमा ओपनर विनोद भण्डारीलाई ९ रनमा गुमाएको थियो भने दोस्रो विकेटको रुपमा ओपनर ज्ञानेन्द्र मल्ललाई ३१ रनमा गुमाएको हो । ज्ञानेन्द्रलाई इमरान हेदरले एलबिडब्ल्युको शिकार बनाए । 

मोहमद विनोदलाई मोहमद नाभिदले आउट गरे । नेपालले तेस्रो विकेटको रुपमा ओपनर दिपेन्द्र सिंह ऐरीलाई ६ रनमा गुमायो । 

यूएईले दिएको २५५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले चौथो विकेटको रुपमा रुपमा सन्दीप जोरालाई गुमाइसकेको छ। सन्दीप १९ रनमा बाउन्ड्री लाइनमा क्याच आउट भए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *