‘रोष्टममा जान नदिए मन्त्री बसेकै ठाउँबाट विधेयक पारित हुन्छ’

 

माघ ९, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पारित गरेरै छोड्ने बताएका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा बोल्दै सांसद भट्टराईले ११ गते बस्ने संसद बैठकमा चिकित्सा विधेयक पारित हुने बताएका हुन् । 

null

‘माघ ११ गते बस्ने बैठकमा चिकित्सा विधेयक पारित गर्दैछौँ । मन्त्रीलाई रोष्ट्रममा जान दिईएन भनेपनि मन्त्री बसेकै ठाउँबाट पनि पास हुन्छ ।’ 

सांसद भट्राईले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई रामचन्द्र पौडेल सभामुख भएको बेलाको कुरा सम्झिन समेत आग्रह गरे । ’उहाँले स्थानीय तहसम्बन्धी विद्येयक पास गर्दा तत्कालिन् नेकपा एमालेले संसद अवरोध गर्यो । मन्त्रीले रोष्ट्रममा गएर त्यो विद्येयक प्रस्तुत गर्न सक्नुभएन । तर, सभामुख पौडेलले तपाइँ जुन ठाउँमा बस्नुभएको छ, त्यही ठाउँबाट विद्येयक प्रस्तुत गर्नुस भनेर मन्त्रीलाई भन्नुभयो’, उनले भने, ‘ मन्त्रीले बसेकै ठाउँबाट विद्येयक टेबुल गर्ने चलन पौडेलजीले नै सुरुवात गर्नुभएको हो । म नेपाली कांग्रेसका साथीहरुलाई त्यो कुरा पनि हेर्न भन्न चाहन्छु ।’ 

संसदको आफ्नै अधिकार हुने सुनाउँदै उनले चिकित्सा शिक्षा विद्येयक पास गर्ने कुरामा नरोक्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरे । 

कांग्रेसजस्तो पार्टीले संसदलाई यसरी खिल्ली उडाउन नहुने उनको भनाइ छ । उनले भने, ‘व्यवस्थाप्रतिको जनताको विश्वास गुम्न सक्छ । यो विद्येयक मन परेको छैन भने तपाइँहरू मतदानको माग गर्नुहोस् । तर संसदलाई बन्धक बनाउने कुरा राम्रो होईन।’ 

भट्टराईले आजको दिनमा अनशनरत डाक्टर गोविन्द केसी गलत भएको प्रतिक्रिया दिए । उनले भने,‘डाक्टर केसी गलत हुनुहुन्छ । अब उहाँ पछि हट्नुको विकल्प छैन् । किनभने उहाँले उठाउनुभएको सबै माग विद्येयकमा समावेश भैसकेका छन् ।’ 

साथै उनले कांग्रेसले संसद अवरोध गरेपनि, नगरेपनि र कांग्रेसले भनेपनि नभनेपनि गिरिजा र सुशिल कोइरालाका नामका अस्पतालहरु चल्ने जिकिर गरे । 

उनले भने, ‘सुशिल कोइराला र गिरिजाबाबुको नाममा के–के हडप्न खोजिएको छ, त्यो हडप्न चाहीँ हामी दिँदैनौं । त्यो सार्वजनिक सम्पत्तिको रुपमा रहनुपर्छ । ती अस्पतालहरु चल्छन् ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *