डा. केसीको समर्थनमा वीपीका जुनियर रेसिडेन्ट डाक्टरहरु सडकमा

 

माघ १०, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट डाक्टरहरुले आमरण अनसनरत डा. गोविन्द केसीको पक्षमा प्रर्दशन गरेका छन् ।  

चिकित्सा क्षेत्रको सुधारका लागि भन्दै १५ दिनदेखि १६ औं आमरण अनसनमा रहेका डा.गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउदै मंगलबारदेखि धर्नामा बसेर आन्दोलन थालेका प्रतिष्ठानका जुनियर रेसिडेन्ट डाक्टरहरुले बिहीबार (आज) धरानमा र्याली निकाले ।  

null

प्रतिष्ठानस्थित जुनियर रेजिडेण्ड वेलफेयर सोसाइटीले डा. केसीले उठाएका जायज माग पुरा गरिनुपर्ने भन्दै र्याली निकालेको हो । जुनियर रेसिडेन्ट डाक्टरहरुले र्यालीमा सहभागी चिकित्कसहरुले ‘चिकित्सा शिक्षा व्यापार हैन, चिकित्सक माथिको दुव्र्यवहार बन्द गर, माफियातन्त्र मुर्दावाद, माफियामुखि ऐन चाहिदैन ’लगायतका नारा लेखिएका प्ले कार्ड प्रर्दशन गरेका थिए ।  

प्रतिष्ठानको जिओपीडी भवनबाट निस्किएको र्याली धरानको भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा पुगेर कोणभामा परिणत भएको थियो । जुनियर रजिडेण्ड वेलफेयर सोसाइटीका अध्यक्ष डा. कविराज पौडेलले सरकारले डा. केसीका जायज मागलाई तत्काल संवोधन गर्नुपर्ने बताए । उनले नेपालमा चिकित्सा क्षेत्र र चिकित्सकहरुमाथि राजनीति भइरहेको भन्दै यसले समग्र चिकित्सा क्षेत्रको गुणस्तरीयता खस्कने भन्दै राजनीति नगर्न आग्रह गरे ।  

अध्यक्ष पौडेलले प्रतिष्ठानमा भोली (शुक्रबार) बाट जुाियर चिकित्सकहरु आकस्मिक सेवा वाहेक अन्य सेवामा सहभागी नहुने कार्यक्रम रहेको बताए ।  

गत शनिबारदेखि हातमा कालो पट्टि बाधेर विरोधमा उत्रिएका जुनियर चिकित्कसहरुले मंगलबारदेखि जीओपीडी अगाडि विहान ८ बजेदेखि ११ बजेसम्म धर्ना दिँदै आएका थिए । कोणसभा पश्चात र्याली पुनः पुतली लाइन, बुद्धचोक हुँदै प्रतिष्ठानको धर्ना स्थलमा पुगेर समापन भएको थियो ।  

गत पुष २५ गते डा.केसीले १६ औं आमरण अनसन इलाममा सुरु गरेका थिए । उनको स्वास्थ्य अवस्था गम्भिर बनेपछि नेपाली सेनाको नाइटभिजन हेलिकप्टरबाट गत विहीबार राती काठमाडौं लगिएको थियो । डा. केसीलाई अहिले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य उपचार भइरहेको छ । 

केदारभक्त माथेमा आयोगको प्रतिवेदन अनुसार विधेयक ल्याउने सरकारसँग यसअघि सहमति भएपनि हालसम्म नल्याएपछि डा.केसीले अनसन थालेका थिए ।  

सरकारले संसदमा विधेयक प्रस्तुत गरिरहँदा प्रतिपक्षी नेपाली कांग्रेसले संसद अबरुद्ध गर्दै आइरहेको छ । यता, कांग्रेसकै भातृ संगठन नेपाल तरुण दलले समेत सडक तताउँदै आएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *