उपभोक्ताको मनजित्दै शिखर सुजको विन्टर सेल मेला

माघ १७, काठमाडौं । चावहिल गणेस्थानकी लक्ष्मी अधिकारी बिहिबार भृकूटीमण्डप स्थित क्यान इन्फोटेक अवलोकनका लागि गएकीमा उनलाई क्यान इन्फोटेकले भन्दा छेउमै शिखर सुजको विन्टर सेल मेलाले आकर्षित गर्यो । 

 

विन्टर मेलामा घरायसी देखि पार्टी वेयरसम्मका जुत्ता चप्पल भारी छुटमा पाएपछि उनले आफ्ना लागि मात्र हैन परिवारका लागि पनि खरिद गरिन् । ‘शिखर सुजको विन्टर मेलामा सबै उमेर समुहका लागि जुत्ता चप्पल उपलब्ध रहेछ । एकै टानामुनी छानीछानी जुत्ता चप्पल किन्न पाइयो ।’ उनले भनिन् । 

null

 

भक्तपुर जगातीका लक्ष्मण श्रेष्ठलाई मेलामा उपलब्ध छालाका जुत्ताले अत्याधिक लोभ्यायो । अरुबेला विदेशी ब्राण्ड मात्र रुचाउने ३१ वर्षिय लक्ष्मण क्यान इन्फोटेक अवलोकनका लागि आउँदा शिखर सुजको मेलामा छिरेका हुन् । ‘नेपाली जुत्ता चप्पलले यति राम्रा र गुणस्तरीय जुत्ताहरु निर्माण गर्छन् भन्ने थाहै थिएन, मलाई शिखर सुजका पार्टी वेयर र स्पोर्ट सुजले लोभ्यायो ।’ उनले मेलामा एकै पटक २ जोर पार्टी सुज, १ जोर स्पोर्ट सुज खरिद गरे । 

६२ वर्षिय राधेश्याम काफ्ले साँखुदेखि शिखर सुजको विन्टर सेल मेलामा आएका हुन् । तीन हप्तादेखि जुत्ता चप्पलको मेला भइरहेको खबर सुनेर आएका उनले पनि तीन जोर जुत्ता चप्पल खरिद गरे । ‘हामी जस्तो मध्यम वर्गको लागि यस्ता मेलामा पाईन अफरहरु महत्वपूर्ण हुन्छ । नेपाली जुत्ता चप्पल पनि विदेशी भन्दा राम्रा हुन्छन् ।’ काफ्लेले आफुले १० वर्षदेखि स्वदेशी जुत्ता चप्पल नै प्रयोग गरेको बताए । 

 

पुस २० गतेदेखि चालू विन्टर सेल मेला माघ १० गतेसम्म मात्र सञ्चालन गर्ने शिखर सुज इन्डष्ट्रिजको योजना थियो । तर, ग्राहकको भिड देखेर पुनः समय थप गर्यो । यो अवधिमा विन्टर सेल मेलामा विद्यार्थीदेखि अभिभावक, उद्योगी, ब्यवसायी तथा सेलिब्रेटीले समेत अवलोकन गरे । मेलामा मिस नेपाल श्रृंखला खतिवडा, राजनीतिक विष्लेषक सुरेन्द्र केसी, उद्योग वाणिज्य मन्त्री मातृका यादव लगायतले समेत अवलोकन गर्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए । 

विन्टर सेल मेलामा बालबालिका देखि विद्यार्थी, युवा युवति देखि बृद्धबृद्धाका लागि आवश्यक सबै प्रकारका जुत्ता चप्पल रहेको छ । शिखर सुजले मेलामा राखेको धरायसी प्रयोजनका न्यानो जुत्तामा गृहिणी महिलाको आकर्षण बढेको छ । स्पोर्टस र पार्टी वेयरमा किशोर किशोरी देखि प्रौढ सम्मको आकर्षण छ । यसका अलावा गर्मी याममा लगाउने फ्लाइट चप्पल खरिद गर्नेहरुको पनि घुँइचो रहेको छ । ‘अरु बेला पसलमा किन्दा पाइने रेट भन्दा विन्टर मेलाको रेट धेरै फरक रहेछ । क्वालिटी पनि राम्रो रहेछ ।’ धुम्बाराहीकी गृहिणी संगिता तामाङले बताइन् । 

 

शिखर मेलामा १७५ रुपैयाँमै जुत्ता पाइन्छ । यस्तै २५० रुपैयाँमा जाडोको जुत्ता, ५ सय रुपैयाँमा विद्यार्थीको युनिफर्म जुत्ता, १ हजार रुपैयाँमा स्पोर्टस् सुज, ५ सय रुपैयाँमा छालाका एक जोडी चप्पल समेत पाइन्छ । मेलामा यसअघि ५ सय रुपैयाँमा एक जोर उपलब्ध गराउँदै आएको महिलाको कपडाको जुत्ता अब त्यही मूल्यमा दुई जोर उपलब्ध छ । मेलामा उपलब्ध जुत्ता चप्पलमा वारेन्टी समेत दिएकोले उपभोक्ता आकर्षित भएका छन् । 

‘सेल मेलामा वारेन्टी नभएका ड्यामेज जुत्ताचप्पल मात्र हुन्छ भन्ने मान्यता थियो तर, यहाँ राखिएका जुत्ताचप्पल सबै गुणस्तरीय र भरपर्दो पाए ।’ शिखर सुज मेलामा भेटिएका आशा रसाइलीले बताइन् । यस पटक शिखरले महिलालाई लक्षित गरेर विभिन्न मोडलका जुत्ताचप्पल मेलामा राखेको छ । मेलामा लेडिज चप्पलहरु आकर्षक बनेका छन् । गृहिणी, युवतिहरुले लेडिज चप्पल रुचाएका छन् । ‘सस्तो किफायती अनी आकर्षक पनि रहेछ ।’ गृहिणी संगिता तामाङले बताइन् । 

 

शिखरले विवाहको सिजनलाई लक्षित गरेर ५० भन्दा बढी प्रकारका पार्टी सुज समेत यही मेलामै सार्बजनिक गरेको शिखर सुजका म्यानेजिङ डाइरेक्टर रामकृष्ण प्रसाईले बताए । शिखरको मेलामा पार्टी सुज, स्पोर्टस् सुज, युनिफर्म सुज राखिएकाे  छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *