चिकित्सा शिक्षा विधेयक फिर्ता हुँदैन, पास गरेरै छोडिन्छ- मन्त्री बाँस्काेटा


माघ १०, काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले चिकित्सा शिक्षा विधेयक सरकारले पारित गरेरै छोड्ने बताएका छन् ।
बिहीबार मन्त्रिपरिषद्ले गरेको निर्णयहरु सार्वजनिक गर्ने क्रममा बोल्दै मन्त्री बाँस्कोटाले चिकित्सा शिक्षा विधेयकमा सरकार पछि नहट्ने दाबी गरेका हुन् ।
null
‘सरकारले आफ्नो विधेयक संसदीय समिति र संसदमा पेस गरिसकेको छ । छलफल पनि भइसक्यो । यो आफ्नो प्रक्रियाबाट गएको हो ।’, मन्त्री बाँस्कोटाले भने, ’अब संसद्को क्षेत्रधिकार बनिसक्यो । त्यसैले यो विधेयक पास हुन्छ, फिर्ता लिने कुरा छैन्।’
विधेयकमा मेडिकल कलेज खोल्न मापदण्डको अनिवार्यताका खोजी गरिएको भन्दै उनले यो विद्यार्थीमुखी र जनतामुखी भएको दाबी गरे।
‘विधेयक माफियामुखी भनेको पनि सन्छु,’ उनले भने, ‘चुरो कुरोमा आउनुपर्यो। भीषण प्रलय आउने भयो भनेर हल्ला भएको छ। जनतालाई गुमराहामा पार्न पाइन्छ?’भन्दै उनले प्रश्न गरे ।
मन्त्री बाँस्कोटाले डा. केसीको मागमा अरु मुद्दा मिसाइएको प्रति असन्तुष्टि व्यक्त गरे ।
‘मेडिकल शिक्षाको सुधारतर्फ यति नै भविश्यका निम्ति पर्याप्त नहोला तर, आजको हकमा यो पर्याप्त छ । उहाँको मुद्दा सम्बोधन भएको छ । अनशन बस्न आवश्यक छैन ।’
