भारी मात्रामा प्रतिबन्धित लागुऔषधसहित ४ जना थानकोट प्रहरीको नियन्त्रणमा

 

मंसिर २४, काठमाडौँ । महानगरीय प्रहरी वृत्त थानकोटले प्रतिबन्धित लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । 

चन्द्रागिरी २ बाडभञ्याङबाट मसिने जाने सार्वजनिक कच्ची सडकखण्डको देउरालीस्थित प्रहरीको आँखा छलि जङ्गलको बाटोमार्फत् लागुअाैषाध ल्याउँदै गरेकाे गोप्य सूचनाको आधारमा खटी गएको प्रहरी टोलीले सोही स्थानमा शंकास्पद अवस्थामा दश किलो ४ सय ग्राम अवैध चरेससहित एक जनालाई पक्राउ गरेको हो । 

null

कालो रंगको झोलामा खैरो रंगको कार्टुन टेपले बेरी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा लागूऔषध चरेससहित धादिङ गजुरी गाउँपालिका वडा नम्बर ८ का ३१ वर्षीय कमल तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए । 

प्रहरी नायव उपरीक्षक थापाका अनुसार धनगढीतर्फबाट काठमाडौं आउँदै गरेको ना ५ ख ९४०६ नम्बरको यात्रुवाहक बसलाई नागढुङ्गास्थित चेकपोईन्टमा चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ घर भई बस्ने १८ वर्षीय राजन खनालले झोलामा लुकाई छिपाई ल्याएकाे नाईट्रोभेट ३ सय ट्यावलेटसहित नियन्त्रणमा लिएको हो । 

 

सोही घटनामा भक्तपुर सुर्यविनायक नगरपालिका सिरुटार बस्ने २१ वर्षीय अजय तामाङलाई समेत नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । 

 

नागढुङ्गा चेकपोईन्ट स्थित चेकजाँच गर्ने क्रममा झापाबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४९७२ नम्बरको यात्रुवाहक बसमा सवार २१ वर्षीय साजन भुजेलबाट पनि लागुऔषध बरामद गरेको छ । 

 

भुजेलले बोकेको हरियो रंगको हाते प्लास्टिकको झोलामा मोबाईलको बट्टाभित्र प्याक गरिएको अवस्थामा लागुऔषध डाईजेपाम ३० एम्पुल, फेनारगन ३० एम्पुल, नुपिन ३० एम्पुल र सिरिन्ज १७ थान बरामद गरिएको प्रहरीले बताएको छ । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =