फरक–फरक अपराधमा २ व्यक्ति पक्राउ

पुस १३, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट गएराती अवैध रुपमा सुन सङ्कलन गरिरहेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् । 

हेटौँडा उपमहानगरपालिका– ५ घर भएका सानोबाबु कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट करीब ९९ ग्रामको सुनको बाला– २ थान बरामद गरिएको थियो । 

यस्तै काठमाडौँ महानगरपालिका– ३२ जडीबुटीमा नक्कली सुनलाई सक्कली सुन भनी बिक्री गर्दै हिँडेका ललितपुर बस्ने काठमाडौँं महानगरपालिका– १७ का राजु परियारलाई बिहीबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ । 

null

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले सुन जस्तो देखिने बेरुवा औंँठी ४१ थान, साँझा औँंठी १२ थान, सिक्री २१ थान, बाला १ थान, टप ४ थान, चाँदी जस्तो देखिने सिक्री १ थान बरामद गरेको छ । 

परियारको साथबाट नगद रु १६ हजारसहित पत्थर सात थान, चक्कु एक थान, विभिन्न व्यक्तिको नागरिकता १२ थान, लाइसेन्स तीन थान, जनाबरको दाँत जस्तो देखिने सेतो वस्तु एक थान, ज्योति विकास बैंकको खाली चेक एक थान, चारवटा मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *