धितोपत्र बोर्डले माग्यो नेप्सेसँग जानकारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा बजार निर्माता/डिलरलाई प्रवेश गराउन भइरहेको तयारीकोे सम्बन्धमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)सँग जानकारी मागेको छ। धितोपत्रमा अनलाइन कारोबार सुरु भएको एक महिना पुगेको सन्दर्भमा बोर्डले उक्त विषयमा जानकारी मागेको हो। 

बोर्डले धितोपत्रको खरिद तथा बिक्री दुबै मूल्य अंकित गरी त्यस्तो धितोपत्र आफ्नो नामबाट खरिद तथा बिक्री गरी बजार निर्माता/डिलरले बोर्डले तोकेको व्यवस्थाअनुसार कारोबार गर्न तथा धितोपत्रको ‘अन्डर राइटिङ’ समेत गर्ने गर्दछ। 

धितोपत्र बजारमा बजार निर्माता र डिलरको प्रवेशले धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो भई पूँजी बजारको गतिशील विकासमा सहयोग पुग्ने बोर्डले विश्वास लिएको छ। 

null

बोर्डको आर्थिक वर्षको नीति तथा कार्यक्रममा पूँजी बजारको गतिशील विकासमा सहयोग पुर्याउने उद्देश्यले बजार निर्माता/डिलरसँग आवश्यक सहजीकरण गर्ने उल्लेख छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *