मुनको कमाण्डर क. प्रचण्ड: ‘ख्रिष्टियन बिद्रोह देखि दुल्लु बिद्रोह सम्म’

अहिले मुनको रक्सी सेवन काण्डमा नेता माधवकुमार नेपाल र प्रधानमन्त्री खड्ग प्रसाद ओली नेपाली जनताको अगाडि सर्वाङ्ग नाङ्गो हुन पुगे तर, नेपालमा इसाईकरणको मुख्य योजनाकारको कमान्डर जो नाङ्गिन पर्थ्यो ती चाहिँ बाहिर नै थिए नाङ्गिन पाएनन् । 

अमेरिकाको एउटा गैरसरकारी संस्था ‘USD’ ले सन् २००३ मा माओवादी जनयुद्ध सम्बन्धि गोप्य रूपमा एउटा बिस्तृत प्रतिबेदन तयार गरि नेपालमा माओवादी जनयुद्धको अनुसन्धान गरि पठाएको रिपोर्टमा ३ वटा कारण उल्लेख गरेको थियो ।ती तीन कारण मध्ये एउटा कारण ख्रिष्टियन बिद्रोह सँग जोडिएको थियो । 

 

null

इतिहास अलिकता पुरानै थियो । पूर्वी रुकुमको एउटा केन्द्र थियो तकसेरा । विक्रम संवत् २०२५ सालमा नेपाल सरकारको अनुमति लिएर त्रिभुवन विश्वविद्यालय मार्फत् समर इन्स्टिच्युट अफ लिङ्ग्विस्टिक्स (सिल) ले नेपालका भाषा र भाषिकाहरुको वर्गीकरण गर्ने सम्झौतामा हस्ताक्षर भयो । भाषाको आवरण दिए पनि यो संस्था आदिवासी भाषाहरुमा बाइबललाई अनुवाद गर्ने एउटा मिसनरी संस्था थियो । 

सिलका परियोजना निर्देशक डा. डेभिड वाटर्स मुस्ताङको जोमसोम हुँदै तकसेरा र पूर्वी रुकुमका अन्य गाविसहरुमा पुगे । त्यहाँ उनले खाम मगर भाषाको अध्ययन मात्रै गरेनन्, उनी र उनको परिवार त्यहीँ घर बनाएरै बस्न थाले । डा. वाटर्सले बाइबललाई खाम भाषामा अनुवाद गरे । यसैबीच सरकारसँग सम्झौताको अवधि सकियो र वाटर्स परिवारले तकसेरा छाडे । उनले गाउँ छाडे पनि उनले त्यहाँ बसुन्जेलमा थुप्रै खाम मगरहरु ख्रिष्टियन बनाई सकेको थिए । 

गाउँलेले प्रहरीलाई समाएर जुँगा उखेल्ने, कालोमोसो दल्ने बर्दी च्यातेर पिटपाट गरेर गाउँ घुमाए । र, यसै घटनालाई प्रतिबेदनमा ख्रिष्टियन बिद्रोह भनेर ‘USD’ ले उल्लेख गरेको हो । यिनै ख्रिष्टियन बिद्रोह र माओवादी बिद्रोहको साँठगाँठबाट जन्मन पुग्यो दुल्लु बिद्रोह । 

विश्वको एकमात्र हिन्दु अधिराज्यमा धर्म परिवर्तन गैरकानुनी थियो । जिल्लाको नयाँ सदरमुकाम मुसिकोटमा यो खबर पुग्यो । पूर्वी रुकुमका मगरहरुमा धर्म परिवर्तन व्यापक रहेको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीले अनुसन्धानका लागि प्रहरी पठाए । स्थानीय ख्रिष्टियन नेताहरुलाई पक्राउ गर्ने आदेश दिइयो । नौ जनाले आफूले धर्म परिवर्तन गरेको स्वीकार गरे र उनीहरुलाई एक–एक वर्षको सजाय दिइयो । अरुलाई धर्म परिवर्तन गर्न लगाएको आरोपबाट भने उनीहरुले सफाइ पाए । पक्राउ परेका यी नौ जना ख्रिष्टियन नेता मध्ये एकजना अहिले माओवादी पार्टी भित्र भएको प्रतिबेदनमा उल्लेख गरेको छ । 

र, तिनै जेलमा परेकाहरु बाट गाउँमा एउटा पानीबाट चल्ने स–मिल खोले । मिल दुई तले थियो । मिलको चोटामा ख्रिष्टियनहरु भेला हुने भजन हुने गर्दै गरेको खबर पाएपछि २०४० सालमा उक्त मिल बन्द गराउन भनेर प्रहरी गाउँ पसे । प्रहरी गाउँ पुग्दा गाउँलेले प्रहरीलाई समाएर जुँगा उखेल्ने, कालोमोसो दल्ने बर्दी च्यातेर पिटपाट गरेर गाउँ घुमाए । र, यसै घटनालाई प्रतिबेदनमा ख्रिष्टियन बिद्रोह भनेर ‘USD’ ले उल्लेख गरेको हो । यिनै ख्रिष्टियन बिद्रोह र माओवादी बिद्रोहको साँठगाँठबाट जन्मन पुग्यो दुल्लु बिद्रोह । 

म एकपटक सदरमुकाम भरतपुर गएको थिएँ । २०६१ सालतिर होला जिल्ला प्रशासन कार्यलय अगाडि तिर सात आठ वटा बसमा एउटा बिदेशी गैरसरकारी संस्थाले चितवन जिल्लाको दुर्गम पहाडी इलाकाबाट गाउँलेहरु ओसारेर ल्याएको रहेछ नागरिकता बनाउन । म अचम्म परें । कसरी ल्यायो होला माओवादी आधार इलाकाका मान्छेहरु सदरमुकाममा ? त्यो दुर्गम इलाकामा माओवादी बाहेकका कोही मान्छे छिर्नै सक्दैन थिए । तर, बिदेशी ख्रिष्टियन मिसनरीहरु भने खुलेयाम चर्च बनाउदै मान्छे भेला गर्दै हिंड्थे । बल्ल अहिले आएर बुझ्दै छु ‘कनेक्सन’ कसरी फिट हुने रहेछ भनेर । 

माओवादी ख्रिष्टियन ‘कनेक्सन’ सुरु भएपछि सुरु भयो नेपालमा संस्कृत पढाएको निहुँमा शिक्षकको हत्या हुने घटना देखि संस्कृत बिद्यालयमा बम विस्फोट सम्म । पुराण लगाएको ठाउँमा पण्डितको हत्या देखि बाहुनको घरमा गोरुको मासु पकाउन लगाएको घटना सम्म भए । हुँदाहुँदै गाउँमा काजकिरिया गर्न नदिने दसैं तिहार मान्न नदिने, घरमा राखेको जमरा उखेलेर फाल्ने, बाहुनको टुपी उखेल्ने सम्म गरे । 

अति भएपछि दैलेख जिल्लामा पहिलो पटक दुल्लु वासीले बिद्रोह गरे । त्यो बिद्रोह फैलिएर वरपरका १३ गाबिसमा फैलिएर नौ मुले सम्म पुग्यो । त्यहाँ पुगेको तत्कालीन माओवादी केन्द्रिय नेता खड्ग बहादुर बिश्वकर्मालाई मरणासन्न हुने गरि गाउँलेले कुटे । माओवादीले आफुहरुको विरुद्ध महिलाहरुलाई उचालेर विद्रोह गराएको भन्दै एमाले समर्थित खड्गबहादुर खड्कालाई माओवादी कार्यकर्ताले हत्यासमेत गरे । तर, बिद्रोह झन् फैलिँदै जान थालेपछि माओवादीको हेड्क्वाटर सम्म हलचल मच्चिन थाल्यो । 

त्यसपछि माओवादी पछाडी हट्यो ‘एक स्टेप डाउन’ रणनीति चाल्दै स्थानीय जनताको मन जित्न दुल्लु–पीपलघारी सडक खन्ने काम पनि गर्यो । केहि जिल्ला स्तर नेताको एक तह पदपनि घटुवा गरे । तत्कालीन जिल्ला एमाओवादी उपाध्यक्ष नयाराम थापा भन्छन्, ‘जनसत्ताको अति प्रयोगका कारण समस्या आयो । दसैं तिहार मनाउन नदिने, जमरा उखेल्ने, काजकिरिया गर्न नदिने, टुप्पी काटिदिने जस्ता काम भए । त्यसबाट जनआक्रोश बढ्यो ।’ कान्तिपुर फाल्गुन २५, २०७१ 

दसैं तिहार मान्न नदिनु, आमाबाबुको किरिया गर्न नदिनु, टुपी उखेल्नु, संस्कृत पाठशाला ध्वस्त पार्नु, यो कुनै तल्लो तहको कार्यकर्ताको निर्णय नै होइन । न यी परम्परा मौलिक संस्कृतिले माओवादी युद्धलाई छेकवार गर्नु नै थियो । यी सबै माथिल्लो कमान्डरको गोप्य आदेश तल्लो तहले पालना गरेको मात्रै थियो । किनकि माथिल्लो ओहदाको ‘कनेक्सन’ अन्तै भएपछि अन्तै बाट दिएको आदेशलाई माओवादीको खोल हालिएको मात्रै थियो ति गाई गोरु काटने देखि टुपी उखेल्ने हर्कत हरु सम्म । 

अमेरिकी गैरसरकारी संस्था USD ले तयार गरेको प्रतिबेदनमा माओवादी द्वन्द्वमा ख्रिष्टियन बिद्रोह सँग जोडिएको पात्र पनि छ भनेर ‘कनेक्सन’ भएको रिपोर्टिङ तयार पार्नु र भारतिय लेखक राजीव मल्होत्राको नेपालमा माओवादी इसाई सँठगाँठको खुलासा गरेको ब्रेकिङ इन्डिया नामक पुस्तकमा उदृत तथ्यले देखाउँछ । असली मुनको खसोखास नायक क. प्रचण्ड हुन । माधवकुमार नेपाल खड्ग ओली, शेर बहादुर देउवा, कृष्ण सिटौला, बिमलेन्द्र निधि त प्रचण्डले छोडेको टपरीमा उप्रे पाप्रेको जुठोपुरो सोर्ने मात्रै हुन् । 

अतः मुलुकमा फेरी सचेत नागरिकहरु बाट एक पटक दुल्लु बिद्रोह नजन्मे सम्म यहाँको धर्म, संस्कृति, सभ्यता माथि यस्तै छद्मभेषी हरु बाट चिथोर्ने काम निरन्तर रहनेमा कुनै शंका छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *