पेट्रोल र डिजेलको मूल्य घट्यो, प्रतिलिटर कति ?

मंसिर १७, काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 

नेपाल आयल निगमको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर रु २ घटाउने निर्णय गरेको निगमले जनाएको छ । 

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ तथा डिजेल र मट्टितेल रु ९९ खरीद गर्न सकिनेछ । यसअघि पेट्रोल रु ११४ तथा डिजेल र मट्टितेल प्रति लिटर रु १०१ मा खरीद बिक्री हुँदै आएको थियो । 

null

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँमा किन्न पाइनेछ भने डिजेल र मटितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँमा झरेको छ। 

हवाई इन्धन तथा खाना पकाउने (एलपी) ग्यासको मूल्य भने यथावत राखिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

विसं २०७१ देखि लागू हुँदै आएको स्वतः स्वचालित मूल्य संरचना अनुसार भारतीय आयल निगमबाट प्राप्त मूल्य सूचीअनुसार मूल्य घटाइएको निगमले जनाएको छ ।  

यो समायोजन पश्चात् पनि भारतको रक्सौल भन्दा नेपालको वीरगंजतर्फको सीमा मूल्यमा पेट्रोलमा १२.३२ रुपैयाँ प्रतिलिटरले र डिजेलमा १५.७१ रुपैयाँले सस्तो हो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *