सार्वजनिक बिदा भन्दै हुम्लाको जिल्ला अस्पताल बन्द
२०७५ पुस १५ गते

पुस १५, हुम्ला । हुम्लामा रहेको एक मात्र जिल्ला अस्पतालले आज सार्वजनिक बिदा भन्दै बन्द गरेको छ ।
गुरुङ समुदायले मनाउँदै आएको तमु ल्होसारमा सरकारले सार्वजनिक बिदा दिएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय बन्द गरेकाले अस्पतालले बिदा गरेको चिकित्सक सरो प्रजापतिले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारले गुरुङ समुदायलाई सार्वजनिक बिदा दिइएको घोषणा गरे पनि सीमकोटमा रहेको जिल्ला अस्पतालले पनि आज सार्वजनिक बिदा भन्दै बन्द गरेको हो ।
null
अस्पताल बन्द गरिँदा बिरामीले सास्ती बेहोरेका छन् । जिल्ला अस्पताल हुम्लाको इमरजेन्सी कक्ष बाहेक सबै सेवा बन्द गरिएको बताइएको छ । जिल्लामा रहेका अन्य सरकारी कार्यालय भने सञ्चालनमा आएका छन् ।
२०७५ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित








