वीरगञ्‍जमा प्रहरी र विद्यार्थीबीच झडप हुँदा ५ विद्यार्थी घाइते

 

पुस ११, वीरगन्ज । प्रधानाध्यापकको सरुवाको विषयलाई लिएर वीरगन्जमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । गत शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थी र प्रहरीबीच बुधबार झडप हुँदा चार विद्यार्थी घाइते भएका छन् । 

उग्र बनेको प्रदर्शनलाई प्रहरीले बल प्रयोग गरेर रोक्ने प्रयास गरेपछि विद्यार्थीले प्रहरीमाथि नै ढुंगामुढा गर्न थालेका थिए । त्यसै क्रममा प्रहरीको लाठी चार्जबाट चारजना विद्यार्थी घाइते भएका हुन् भने अर्का एक प्रहरी पनि घाइते भएका छन् । 

null

घाइते सबैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिएको छ। वीरगन्ज महानगरपालिकाले प्रधानाध्यापक विनोद मेहताको पूर्वाग्रही ढंगले सरुवा गरेको आरोप लगाउँदै गत शुक्रबारदेखि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले बुधबार पनि बिहान साढे ८ बजे देखि नै सडकमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *