आज क्रिसमस पर्व मनाइँदै, चर्चहरुमा विशेष रमझम

काठमाडौं । इसाई धर्मावलम्बीहरुले विश्वभर आज क्रिसमस पर्व मनाउँदै छन् । नेपालमा पनि ईसाई धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरी यो पर्व मनाइरहेका छन् । 

देशभरका चर्चमा क्रिसमसका अवसरमा विविध कार्यक्रम गरिँदै छन् । क्रिसमसको अवसरमा देशभरका चर्चमा प्रार्थना, नाचगान जस्ता कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गर्ने गरिन्छ । 

क्रिसमसमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । 

null

२ हजार १७ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । 

येशुलाई जिसस क्राइष्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । 

पछिल्ला दिनमा नेपालमा पनि यस धर्म अँगाल्ने बढेका छन् । 

२०६२/६३ सालपछि मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्ष घोषणा गर्नुका साथै राज्यले क्रिसमस पर्वलाई येशु ख्रीष्टको जन्मदिवसका रुपमा मान्यता दिएको छ । 

अहिले नेपालमा १२ हजार चर्च र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी छन् । 

२०६४ सालअघि चर्चमा मात्र सीमित हुने गरेको क्रिसमस अहिले सार्वजनिक स्थलमा पनि मनाइने गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 20 =