आइएमई डिजिटल र सिभिल बैंक लिमिटेड बीच सम्झौता

 

मंसिर १८, काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई डिजिटल’ र सिभिल बैंकबीच ‘आइएमई पे’ मोबाइल मनि मार्फत् विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्झौता भएको छ । 

आइएमई डिजिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र सिभिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार सिभिल बैंक लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् । 

null

साथसाथै सिभिल बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनि ट्रान्सफर र क्यु आर मार्फत् गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *