चार दिनदेखि तीन किशोरी बेपत्ता

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाका विद्यालय हिँडेका तीन बालिका चारदिनदेखि बेपत्ता छन् । सिम्ता गाउँपालिकाको वडा नम्बर ५ आलीमा पर्ने नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कक्षा ६ मा अध्यनरत बालिकाहरु हराएका हुन । 

गाउँपालिका वडा नम्बर ९ खानिखोलाका १४ वर्षीया निशा सिंह ठकुरी, त्यसै ठाउँका १५ वर्षीया यमुना खत्री, र उनकी बहिनी १२ वर्षकी रीसिमा खत्री हराएका हुन । उनीहरु गएको मंगलबार (पुस १० गते) ‘विद्यालय जान्छौँ’ भनेर घरबाट हिँडेका थिए । 

छोरीहरु बेलुकी घर नआएपछि सोही दिन राति प्रहरी चौकी आलीमा परिवारले खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रतिबबहादुर श्रेत्रीले बालिकाहरुको खोज कार्य भइरहेको जानकारी दिए। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =