ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

पुस १३ रुकुम । रुकुम पूर्वमा बिहीबार अपरान्ह ४ बजेतिर ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । 

जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका तकसेराबाट कोलतर्फ जाँदै गरेको रा १ त १६९४ नं. को ट्याक्टर सोही गाउँपालिका–१२ को गर्खानीमा दुर्घटना हुँदा ट्याक्टरमा सवार भुमे गाउँपालिका–१ पञ्चासेका १६ वर्षीय बिस्मत गुरुङको मृत्यु भएको रुकुम पूर्व जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

सोही दुर्घटनामा परी रुकुम (पश्चिम) आठबिसकोट नगरपालिकाका दिलीप विक घाइते भएका छन् । हिउँमा चिप्लिएर ट्याक्टर सडकबाट करीब ३०० मिटर तल खसेको बताइएको छ । 

null

घाइते विकको जिल्ला अस्पताल सल्ले रुकुम (पश्चिम) मा उपचार भइरहेको छ । ट्याक्टर चालक दाङका सन्तोष चौधरी फरार रहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *