दरबारमार्ग प्रहरीद्वारा अबैध मिनी क्यासिनो चलाउने सञ्चालक सहित १३ पक्राउ

पुस ८, काठमाडौं । महानगरीय प्रहरी वृत्त दरबारमार्गले नगद सहित १३ जुवाडेलाई पक्राउ गरेको छ । हिजो साँझ ६ बजेतिर उनीहरुलाई काठमाडौं वडा नं. २७ ज्याठाबाट नगद १ लाख २३ हजार ९ सय रुपैंया सहित पक्राउ गरेको दरबारमार्ग प्हरी वृत्तले जनाएको छ ।  

वृत्तले ज्याठा स्थित स्थित सिनिल लामा र चाईनिज नागरिक मिष्ट फाङले संचालन गरेको टटल गेमजोन ईन्टरटेट प्रा.लि.मा नगद हारजित हुने गरी जुवा तास खेली रहेको बिशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।  

 

null

वृत्तका प्रहरी निरिक्षक फल बहादुर तामाङको कमाण्डमा खटिएका प्रहरी टोलिले सो ठाउमा चेकजाँच गर्दा १३ जना जुवाडे, नगद रु.१ लाख २३ हजार नौं सय रुपैंया सो खेल खेलाउने मेशिन २ थान सहित फेला पारी पक्राउ गरेको वृत्त प्रमुख डीएसपी दानबहादुर मल्लले बताए । उनले अन्य केहि ठाउँमा पनि मिनि क्यासिनो सञ्चालन भइरहेको जानकारी आएको बताउँदै गैरकानुनी रुपमा मिनिक्यासिनो सञ्चालन गर्नेलाई कानुनी कारवाहीमा ल्याइने बताए ।  

उनीहरुलाई जुवा ऐन अन्तर्गतको कसुर अपराधमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।  

दरबारमार्ग प्रहरीले पछिल्ला दिनहरु प्रहरी जनता साझेदारी कार्यक्रम अन्र्तगत स्थानीय जनतासँग मिलेर सामाजिक विक्रिति विसंगति नियन्त्रण गर्न र सचेतना जगाउन विशेष अभियान नै चलाएको छ ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *