सम्पर्कविहीन नेकपा नेता भण्डारीः प्रहरी भन्छ, भारततिर गएको पत्ता लाग्यो

 

पुस ६, भद्रपुर । प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लागेको छ । काँकरभिट्टा नाकाको सिसी क्यामेराको ‘फुटेज’मा उनलाई देखिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार बिहान सम्पर्कविहीन भएको भनिएको २५ मिनेटपछि उनलाई काँकरभिट्टा नाकामा रिक्सामा चढेको अवस्थामा सिसी क्यामेराले रेकर्ड गरेको हो । 

null

“एक जना मानिस छेउमा देखिएका छन्”, प्रहरी प्रवक्ता श्रेष्ठले भने, “बुधबार बिहान ९ः२५ बजे उनी काँकरभिट्टाबाट भारततिर जाँदै गरेको र १५ मिनेट पश्चात् भारतीय नाका पानीट्याङ्कीमा पुगेको सिसी क्यामेरामा देखिएको छ ।” 

खोजीमा जुटेको प्रहरीले काँकरभिट्टा र पानीट्याङ्की नाकामा राखिएको सिसी टिभीको फुटेज अध्ययन गरेर उनी बुधबार बिहान भारततिर पुगेको पत्ता लगाएको हो । 

उनी चढेको रिक्सामा अर्को एक व्यक्तिसमेत सवार रहेको र ती व्यक्ति को हुन् भन्ने पहिचान गर्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ । भारतको पानीट्याङ्कीबाट उनी कता पुगे भन्ने प्रहरीले खोजी गरिरहेको जनाएको छ । 

भारततिर लागेको प्रमाण फेला परे पनि यो समाचार तयार पार्दासम्ममा ४९ वर्षीय नेता भण्डारी कसैको सम्पर्कमा आएका छैनन् । उनी बुधबार बिहान ९ बजेतिर घरबाटै सम्पर्कविहीन भएका थिए । उनले नियमित रुपमा प्रयोग गर्दै आउनुभएको मोबाइल फोन र मोटरसाइकल भने घरमै रहेको छ । 

“हामी भारततिरको प्रहरीको सहयोगमा सबै कुरा बुझ्दैछौँ, खोज्दैछौँ”, जिल्लाका प्रहरी प्रवक्ता श्रेष्ठले बताए । 

प्रहरीले नेता भण्डारीले घरमा छाडेका दुवै मोबाइल फोन साथमा लिएर कलडिटेल लिएको छ भने एक महीना अघिदेखि धेरै मात्रामा आउने फोन कलको निगरानी र अध्ययन गरिरहेको जनाएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 20 =