नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो
२०८३ असार २४ गते

काठमाडौँ । नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइएको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनका लागि गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
त्यसैगरी बैठकमा राष्ट्रिय सभामा उत्पतिभएको पर्यटन विधेयक, २०८२ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ ।
२०८३ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित








