प्रचण्डलाई विश्वप्रकाशको जवाफः धर्मका विषयमा पढाइरहनु पर्दैन

 

पुस ८, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठकले काँग्रेसलाई दह्रो र खरो बनाएको दाबी गरेका छन् । 

महासमिति बैठकको अन्तिम दिन अर्थात् आज आयोजित पत्रकार सम्मेलनमा उनले सत्तारुढ दल (नेकपा) प्रति नेपाली नागरिकको वितृष्णा बढीरहेका बेला महासमिति बैठक तथा काँग्रेसको एजेण्डाले काँग्रेसलाई खरो बनाउने दाबी गरेका हुन् । 

null

पार्टीले बनाएको विधान र व्यवस्था अरु राजनीतिक दलले व्यवस्थापन गर्नु अगावै आफ्नो पार्टीले लागू गरेका कारण काँग्रेसको विधानलाई कम्युनिस्ट लगायत अन्य पार्टीले पनि पछ्याउने प्रवक्ता शर्माकाे भनाइ थियाे । 

कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले हालै एसिया प्यासिफिक सम्मेलनको नाममा एउटा धर्मलाई प्रश्रय दिएको आरोप लगाउँदै उनले कांग्रेसलाई धर्मका विषयमा पढाइरहनु आवश्यक नभएको बताए । 

‘धर्मको सन्दर्भमा कम्युनिस्ट पार्टीका मित्रहरु जो द्वन्द्वात्मक भौतिकवाद पढेर हुर्किनुभएको छ, उहाँहरुले धर्म, संस्कार र संस्कृतिको विषयमा कांग्रेसलाई पढाइरहनुपर्ने जरुरी छैन’ उनले भने । 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस महासमिति बैठकमा हिन्दू धर्मको विषयमा चर्चा हुनु दुःखद भएको टिप्पणी गरिरहेका बेला जवाफमा शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *