वाइडबडी विमानबारे छानबिन गर्न लेखा समितिले बनायो उप–समिति
मकालु खबर
२०७५ मंसिर २६ गते
मंसिर २६, काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न सांसद राजन केसीको संयोजकत्वमा उप–समिति बनाएको छ ।
समितिको बुधबार बसेको बैठकले नेपाली कांग्रेस सांसद केसीको संयोजकत्वमा छानविन उप–समिति बनाएको हो ।
null
उपसमितिमा सांसदहरु राजन केसी, चन्दा अधिकारी, प्रदीप यादव, प्रेम आले, धर्मशीला चापागाईँ र मीना सुब्बा सदस्य छन् । उपसमितिलाई आवश्यक छानबिन गरी प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ।
मकालु खबर
२०७५ मंसिर २६ गते
प्रतिक्रिया
सम्बन्धित