भारतको केन्द्रीय बैंकका गभर्नरद्वारा राजीनामा, मोदीले दिए दबाब !

 

मंसिर २५, नयाँ दिल्ली । भारतको केन्द्रीय बैंकका प्रमुखले राजीनामाको घोषणा गरेका छन् । 

प्रधानमन्त्री नरेन्द्र मोदी र उनको प्रशासनसँगको पटक–पटकको सार्वजनिक विवादकै कारण भारतीय रिजर्व बैंकका गभर्नर उर्जित पटेलले सोमबार राजीनामा दिएका हुन् । उनले आफ्नो निर्धारित कार्यकाल भन्दा नौ महिना अघि नै पद छोडेका हुन् । 

null

सन् २०१६ को सेप्टेम्बर ४ मा गभर्नर बनेका पटेलको कार्यकाल सन् २०१९ को सेप्टेम्बरसम्म थियो । उनी झण्डै चार वर्ष भारतीय रिजर्व बैंक (आरबिआई) का डेपुटी गभर्नरका रुपमा कार्यरत थिए । 

राजीनामा दिएपछि रिजर्भ बैंक अफ इण्डियाका गभर्नर उर्जित पटेलले भने आफ्नो व्यक्तिगत कारणले जिम्मेवारी बहन गर्न नसकेकाले राजीनामा दिनुपरेको बताए । 

सरकारले गरेका कतिपय दबाबलाई थेग्न र सहमत हुन नसकेर उनले राजीनामा दिएको स्रोतले जनाएका छन् । 

केन्द्रीय बैंकको नीतिमा सरकारका तर्फबाट पटकपटक दबाब आएको समाचार यसअघि पनि सार्वजनिक हँुदै आएका थिए । भारतमा कतिपय विज्ञहरूले उनलाई कुशल गभर्नरका रूपमा लिने गरेका छन् । उनको राजीनामासँगै भारतमा नयाँ आशङ्का र चिन्ता पनि छाएको छ । 

तर सरकार भने केन्द्रीय बैंकबाट सन्तुष्ट नभएको देखिएको थियो । विषेश गरेर व्याजदर, भारतीय मुद्राको मूल्यलगायतका विषयमा भारतमा अहिले विवाद चर्किदै गएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *