एउटा पत्रको मुुल्य ३३ करोड

एउटा पत्रको मुुल्य कति होला ? अनुमान लगाउनुस् त । १० हजार २० हजार वा एक लाख कति अनुमान गर्नुभयो । तर तपाईको अनुमान मेल खाएन । 

विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले ईश्वर तथा धर्मका बारेमा लेखेको चर्चित पत्र अमेरिकामा लिलाम भएको छ । उनले आफ्नो मृत्यु हुनुुभन्दा एक वर्ष पहिले लेखेको पत्र लिलाम बजारमा २८ लाख ९० हजार अमेरिकी डलर अथवा झण्डै ३३ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ । 

लिलाम बजारमा यो पत्रको सुरुवाति मूल्य १५ लाख रुपैयाँ डलर राखिएको थियो । दुई पेजको यो पत्र ३ जनवरी, १९५४ मा जर्मनीका दार्शनिक एरिक गटकाइन्डलाई लेखिएको थियो, जसले आइन्स्टाइनलाई आफ्नो पुस्तक ‘चूज लाइफस् द बिब्लिकल कल टु रिभोल्ट’ को एक प्रति पठाएका थिए । 

null

आइन्स्टाइनले पत्रमा लेखेका थिए, ‘मेरा लागि भगवान शब्दको अर्थ अरु केही नभएर अभिव्यक्ति र मानवीय कमजोरीको प्रतीक मात्रै हो । बाइबल एक पूजनीय किताब हो । तर अहिले पनि प्राचीन किम्वदन्तीकै संग्रह हो ।’ 

उनी पत्रमा लेख्छन्, ‘मेरो यो विचारमा परिवर्तन ल्याउन सक्ने न त कुनै व्याख्या छ, न त कुनै रहस्य नै रहेको छ ।’ 

आइन्स्टाइनले १७ औँ शताब्दीका यहूदी डच दार्शनिक बारुच स्पिनोजाको उदाहरण दिँदै आफूले पनि दैनिक जीवनमा मानवरुपी देवतामा विश्वास नराख्ने बताएका थिए । 

उनको पत्र यस्तो छ 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *