निर्मला प्रकरणः हत्यारा पत्ता लगाइदिन राष्ट्रसंघलाई आग्रह, विद्यार्थीले बुझाए हस्ताक्षर

 

पुस ९, काठमाडौँ । कञ्चनपुर भीदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन भन्दै विद्यार्थीहरुले संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । 

हत्या भएको पाँच महिना बित्न लाग्दा पनि सरकारले दोषी पत्ता लगाउन नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाइदिन राष्ट्रसंघलाई आग्रह गरेका हुन् । 

null

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले संकलन गरिएको हस्ताक्षर सोमबार ललितपुुरको पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा बुझाएका छन् । 

यसअघि उनीहरुले माइतीघर मण्डलामा जम्मा भएर निर्मला पन्तको न्यायको निम्ति आवाज बुलन्द गरिदिन आहृवान गर्दै हस्तक्षार अभियान संकलन गरेका थिए । 

गत साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएका बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने कामका सरकार असफल भएपछि विद्यार्थीहरुले यस्तो कदम उठाएका हुन् । उनीहरुले निर्मलालाई न्याय दिन आवाज बुलन्द गर्न पनि सबैलाई आग्रह गर्दै आएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *