प्रदेश १ का छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

मंसिर २९, विराटनगर । १ नम्बर प्रदेश अन्तर्गत विभिन्न तिन जिल्लामा छुट्टा छुट्टै भएको दुर्घटनामा ३ जनाको मृत्यू भएको छ । संखुवासभा, झापा र खोटाङ जिल्लामा शुक्रबार भएको बेग्ला–बेग्लै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
संखुवासभाको खाँदवारी नगरपालिका–११ सभाखोलास्थित चैनपुर–खाँदवारी सडकखण्डमा रोकी राखेको ट्याक्टरमा मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।
साँझ सवा ७ बजे चैनपुर–खाँदवारी सडकखण्डमा रोकेर राखेको को १ त ६५९९ नम्बरको ट्याक्टरमा चैनपुरबाट खाँदबारीतर्फ आउँदै गरेको को २८ प २५३ नम्बरको मोटरसाईकल ठोक्कीदा भएको दुर्घटनामा मोटरसाईकल पछाडी सवार खाँदबारी नगरपालिका–८ का २८ वर्षीय लहरी श्रेष्ठको घटस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
null
दुर्घटनामा संलग्न मोटरसाईकल, ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको र मृतकको शव परिक्षणको लागि जिल्ला अस्पताल खाँदवारीमा राखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
त्यस्तै झापाको कमल गाउँपालिका–५ लभडाँडामा मोटरसाईकलको ठक्करबाट एक साईकलयात्रीको मृत्यु भएको छ भने मोटरसाईकल चालक घाइते भएका छन् ।
शुक्रबार दिउँसो पौने २ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १० प ७६२७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते बनेका साईकलमा सवार झापा कमल गाउँपालिका–१ का ५० वर्षीय ईन्द्र बहादुर बुढाथोकीको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यू भएको छ ।
तत्काल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय मोटरसाईकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ चास्मिटारमा ट्याक्टर दुर्घटना हुँदा अर्का एक जनाको मृत्यु भएको छ ।
दिउँसो साढे १ बजे भित्री सडकखण्डमा पानीको ट्याङकी निर्माणका लागि मे १ त ६९३१ नम्बरको ट्रयाक्टर ढुङ्गा अनलोड गरेर फर्कदै गरेको अवस्थामा बडहरे भन्ने स्थानमा दुर्घटना भई सडकबाट अन्दाजी २० मिटर तल खस्दा लामा कन्ट्रसन प्रा.ली.मा कार्यरत चितवन घर भएका १७ वर्षीय सुमन वाग्लेको घटनास्थलमै मृत्यु भएको छ ।
घटनामा संलग्न ट्रयाक्टर चालक सुनसरी रामधुनी–७ का २७ वर्षीय राजेश लिम्बुलाई प्रहरीको नियन्त्रणमा राखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।








