च्याङ्ग्रेमा एक घर आगलागी हुँदा ३ लाख भन्दा बढीको क्षति
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७५ पुस ९ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
पुस ९, भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेमा आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । गए राति ११ बजे स्थानीय कुमार श्रेष्ठको घरमा आगलागी भएको छ ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगदलगायत जलेर नष्ट हुँदा रु चार लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घरमुली कुमारको मानसिक सन्तुलन ठीक नभएकाले आफैँले आगो लगाएको आशङ्कामा प्रहरीले अनुसन्धानको लागि कुमारलाई नियन्त्रणमा लिएको छ ।
null
आगो स्थानीयवासी, जनप्रतिनिधि तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको गाउँपालिका अध्यक्ष किरण राइले जानकारी दिए ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७५ पुस ९ गते
प्रतिक्रिया
सम्बन्धित