प्रस्तावित प्रधानन्यायाधीश जबराविरुद्धको उजुरीमाथि आज छलफल हुँदै

काठमाडौं। प्रस्तावित  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा परेका नौ वटा उजुरीमाथि शुक्रबार  छलफल हुँदैछ। समितिले छलफल गर्न उजुरीकर्तालाई दिउँसो ३ बजे बोलाएको छ। 

गत मंसिर २७ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्चका न्यायाधीश राणालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो। 

संवैधानिक परिषदको सिफारिसमा परेका प्रस्तावित प्रधानन्यायाधीश राणाका लागि पुस २ गते १० दिने म्याद राखेर संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरिएको गरेको थियो। 

null

समितिले बिहीबार मात्रै उनीविरुद्ध परेका उजुरी खोलेको थियो। समितिले नाम अनुमोदन गरेपछि राणा नेपालको २८ औँ प्रधानन्यायाधीश बन्नेछन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =