वाम बुद्धिजिवी तथा लघुवित्त अभियन्ता फनिलालको निधन

मंसिर २५, सुनसरी । सुनसरीका पुराना कम्युनिष्ट नेता तथा सामाजिक ब्यक्तित्व फनिलाल चौधरीको निधन भएको छ । लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय चौधरीको आज ५७ वर्षको उमेरमा निधन भएको हो । 

मधुमेह रोगबाट पिडित चौधरीलाई एक्कासी मृगौलामा समस्या देखिएको र सोहि कारण निधन भएको बताइएको छ । सुनसरी ३, बर्जुगाउँपालिका घर भएका चौधरी विराटनगर बस्दै आएका थिए । 

 

null

माइक्रोफाइनान्स र ग्रामिण लघुवित्तका क्षेत्रमा सक्रिय फनिलाल चौधरी सुनसरी क्षेत्र नं. ३ मा वाम बुद्धिजिवीका रुपमा समेत परिचित थिए । उनी प्रदेशसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. ३ बर्जु गाउँपालिकाको वडा नं. १ बाट नेकपा एमालेबाट प्रत्यासी उम्मेद्वार समेत थिए । 

उनले नेपाल राष्ट्र बैंक, ग्रामिण विकास बैंक, मेरो फाइनान्स देखि पछिल्ला दिनहरु एनएमबी माइक्रोफाइनान्सको नेतृत्व संहालिरहेका थिए । उनले नेरुडे लघुवित्तको उपप्रमुख, फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयरधनी, प्रगति बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष समेत भएर काम गरेका थिए । 

 

चौधरी सामाजिक क्षेत्रका साथै जातिय उत्थानका लागि समेत सक्रिय थिए । उनी थारु कल्याणकारीका केन्दिय सदस्य, थारु विकास समन्वय परिषद्का संस्थापक अध्यक्ष तथा UNCDF उन्नति परियोजना नेपालका संयोजक, प्लान नेपाल लगायत विभिन्न क्षेत्रमा काम गरिसकेका बौद्धिक ब्यक्तिका रुपमा परिचित थिए । स्व. चौधरीले नेपाली र इकोनोमिक्समा डबल डिग्री हासिल गरेका थिए । 

बाम राजनीतिमा उनलाई बौद्धिक, सामाजिक ब्यक्तित्वका रुपमा हेरिने नेकपाकी केन्द्रिय सदस्य भगवती चौधरीले बताइन् । ‘लघुवित्त क्षेत्रलाई राम्ररी बुझेका चौधरी कुशल नेतृत्वकर्ता हुुनुहुन्थ्यो, उहाँको निधनले पार्टी र लघुवित्त क्षेत्रलाई समेत असर परेको छ ।’ चौधरीले भनिन् ।–‘बर्जु गाउँपालिकाको विकास र सो क्षेत्रको परिवर्तनको लागि सधैं चिन्तनशील हुनुहुन्थ्यो ।’ 

बुधबार स्व. चौधरीको शवमा नेकपाकी केन्द्रिय सदस्य तथा महिला अधिकारवादी नेतृ चौधरी लगायत नेकपाका नेता कार्यकर्ताहरुले श्रद्धाञ्जली ब्यक्त गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *