कामना सेवा विकास बैंकद्वारा आमा समूहलाई डस्ट्विन प्रदान

पुस ८, काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा–२ अर्चलबोट स्थित “अर्चलबोट आमा समूह” लाई डस्टविन लगायतका सरसफाइका सामग्री प्रदान गरेको छ । 

पोखरा महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रामेश्वर मल्लको अध्यक्षतामा आयोजित एक समारोह बीच सरसफाइका सामग्री प्रदान गरिएको हो । 

बैंकका सञ्चालक सदस्यद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा पूर्व संचालक विष्णु राज पराजुलीले संयुक्त रुपमा आमा समूहका अध्यक्ष कल्पना पराजुलीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । 

null

सञ्चालक सदस्य चतुराखर अधिकारीले आमा समूहको महत्वपूर्ण भूमिकाले भविष्यमा सकारात्मक परिवर्तन ल्याउने सक्ने विश्वास व्यक्त गरे । 

बैंकका सञ्चालक देवकृष्ण काफ्लेले स्वच्छ सफा पोखरा अभियान अन्र्तगत पोखरा महानगरपालिका वडा नं. २ अन्तर्गतका सडकहरुमा सरसफाइमा सहयोग पुर्याउने उद्देश्यले उक्त सामाग्रीहरु प्रदान गरिएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *