कांग्रेसको प्रस्तावित विधानमा सहमति जुट्यो, अब सहमहामन्त्री ७ जना

 

पुस ६, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रस्तावित विधानमा सहमति जुटाएको छ । शुक्रबार बिहान पार्टी मुख्यालय सानेपामा बसेको शीर्ष नेताको बैठकले विधानमा सहमति जुटाएका हुन् । 

सहमतिका आधारमा अब सातजना सहमहामन्त्री निर्वाचित हुने भएका छन् । पार्टीको सात जातीय क्लस्टरबाट प्रतिनिधित्व हुने गरी ७ सहमहामन्त्री थप्ने र कोषाध्यक्षबाहेक सबैको निर्वाचन गर्ने सहमति समेत भएको छ । 

null

अब कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका आधारमा सातजना सहमहामन्त्री निर्वाचित हुनेछन् । 

शीर्ष नेताले कोषाध्यक्ष र प्रवक्ता चाहिँ केन्द्रीय समितिबाट मनोनित गर्ने गरी सहमति जुटाएका छन् । अब १३ पदाधिकारी मध्ये कोषध्यक्षबाट सबै निर्वाचित हुनेछन् । 

योसँगै अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लगेपछि महासमितिमा विधान संशोधन प्रस्ताव पेश हुनेछ । 

यस्तै काँग्रेसको महासमिति बैठक भोली सम्पन्न हुने भएको छ । यसअघि कांग्रेसमा दुईजना मात्रै सहमहामन्त्री राख्ने सहमतिपछि विवाद चर्किएको थियो । 

सातजना सहमहामन्त्री राख्ने सहमतिसँगै अब कांग्रेसले विधानलाई अन्तिम रुप दिने तयारी गरेकाे छ । प्रस्तािवत विधान शनिबार महासमिति बैठकबाट पारित हुने काँग्रेसले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *