तपाईलाई सम्पन्न बन्न मन छ ? तुरुन्त यी बानीहरुमा सुधार गर्नुहोस्

पुस १६ । हिन्दुधर्म शास्त्रअनुसार कहिले काही सानो तिनो गल्तिले पनि हाम्रो जिवनमा धेरै कुराको अभाव भईरहेको हुन्छ । हामीलाई सामान्य लाग्ने ति सानो तिनो कुराले पनि भगवान् लक्ष्मी रिसाएर हामीलाई धनको अभाव भईरहन्छ ।
परम्परालाई चलाउन र समाजमा असल शासन मार्फत राम्रा कुराहरको अनुसरण गर्न तथा नराम्रा कुराहरुलाई परिमार्जित गर्दै असल बन्नका लागी शास्त्रले निकै ठूलो मुख्य भुमिका खेलेकाे हुन्छ । शास्त्रले भन्छ तपाईका केहि यस्ता बानीहरुले पनि तपाईलाई सम्पन्न बन्नबाट बञ्चित गरिरहेको हुन्छ । ति के–के बानीहरु हो आज हामी तपाईलाई बताउँछौं ।
null
– कहिले काँही हामीले घरको स–सानो काम पनि ध्यान दिदैनौ । तर शास्त्रका अनुसार यो महत्वपूर्ण हुन्छ । यदि घरमा सधै आफ्नो ओछ्यान सफा गरेनौ भने घरमा दरिद्रि आउँछ त्यसैले सधैँ ओछ्यान सफा गर्नु पर्छ । – बाथरुम सफा राख्नु पर्छ । शास्त्रका अनुसार फोहोर बाथरुमले नोक्सान पुर्याउँछ । बाथरुम फोहोर गर्दा चन्द्रमाको स्थिति खराब हुन्छ जसले आर्थिक तनाब झेल्नु पर्छ । त्यसैले आफ्नो बाथरुम सधै सफा राखौ ।
– थालमा खाना नछोडनुहोस । शास्त्रका अनुसार थालमा खाना छोडनु हुदैन । खाना खाइसकेपछि थाल सफा गर्नुपर्छ । यसो गर्दा लक्ष्मी माताको कृपा बन्छ र समृद्धि बढ्छ ।
– शास्त्रकानुसार सूर्यास्त पछि झाडु लगाउन हुदैन । यस्तो गर्नु असुभ मानिन्छ । शास्त्रका अनुसार सूर्यास्त पछाडि झाडु लगाउनुको मतलब आफ्नो खुसिलाई झाडु लगाउनु हो ।
– आफ्नो घरको उत्तर दिशामा सकरात्मक चिज राख्नुहोस र यस दिशाको सरसफाइमा पनि बिशेष ध्यान दिनुहोस किनकि यस दिशामा कुबेरको घर हुन्छ ।
– यदि आफ्नो घरमा धनका देवता कुबेरको स्थापना गर्न चाहानुहुन्छ भने उत्तर दिशातिर गर्नुहोस । शास्त्रकाअनुसार यस दिशामा पुजा घर बनाउन शुभ हुन्छ र सुख सान्तीको पनि बास हुन्छ ।
– घरको आसपास थुक्नाले दरिद्रता आउछ । शास्त्रका अनुसार आसपास थुक्नाले लक्ष्मी रिसाउँछिन । त्यसैले बाटो वा घरको आसपास थुक्न हुँदैन ।








