एन आइ सी एशिया बैंकको आईएमई लाईफ ईन्स्योरेन्ससँग बैंकास्योरेन्स
मंसिर २५, काठमाडौं । एन आई सी एशिया बैंकले आईएमइ लाईफ इन्स्योरेन्स सँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब एन आइ सी एशिया बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २७० वटै शाखाहरुबाट सहज रुपमा आईएमई लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले हस्ताक्षर गरेका छन् ।
null
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले आइएमइ इन्सुरेन्सका ग्राहक सदस्यलाई इन्सुरेन्स जीवन विमा खरिद गर्न यो सम्झौताले सहज हुने बताए । एन आई सी एशिया बैंकले हाल मुलुकभर २७० शाखा कार्यालयहरु, २८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब पुगेको छ ।
यो बैंक निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४४ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।