अर्थतन्त्रको सन्तुलित प्रयोगबाट विकासका लागि पूर्वाधार कम्पनी खडा हुन्छः मुख्यमन्त्री पौडेल

 

पुस १४, काठमाडौँ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अर्थतन्त्रको सम्पूर्ण मेरूदण्डको सन्तुलित प्रयोगबाट प्रदेश विकासको लागि पूर्वाधार कम्पनी खडा गरिने बताएका छन् । 

देवदर्शन बचत तथा ऋण सहकारी संस्थाको दशौँ वार्षिक साधारणसभामा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेशको विकास र समृद्धिको लागि सहकारीको भूमिका अपरिहार्य रहेको धारणा राखे । उनले सहकारी अभियानकै कारण समग्र महिलाहरुको सशक्तिकरणमा टेवा पुगेको बताए । 

null

सहकारीको एकीकृत पुँजीलाई उद्योगधन्दा र पर्यटन विकासमा लगानी गर्न सकिए आर्थिक समृद्धि हासिल गर्न सकिने मुख्यमन्त्री पौडेलको भनाइ थियो । 

 

उनले फरक प्रसंगमा भने, ‘विकास बजेट कनिका छरे जस्तो गरि पैसा छर्दैमा विकास नहुने रहेछ, दिगो विकासको लागि प्रदेश सरकार एक्सन अफ प्लानमा गइसक्यो । अब तीव्र गतिमा विकासको अनुभूति जनताहरूले गर्न पाउने छन् ।’ 

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद अञ्जना विशंखेले सरकारको प्राथमिकता सहकारीको विकास व्यवस्थापन र तीन खम्बे नीति अनुरूप कार्यान्वयनको चरणमा हुँदाहुँदै पनि सोचेअनुरूप अगाडि बढ्न नसकेको बताइन् । 

कार्यक्रममा सांसद तथा ३ नम्बर प्रदेश वातावरण, वन, पर्यटन र उद्योग सभापति रमा आले मगरले सहकारीको माध्यमबाट आर्थिक विकासमा समाज रूपान्तरणको बाटोमा लानु पर्नेमा जोड दिइन् । 

 

प्रदेश ३ का प्रदेश सदस्य बेलिमाया घलेले अबको सहकारी बैदेशिक रोजगारतिर आकर्षित हुने युवा जमातलाई उद्यमशिल बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताइन् । 

संस्थाका अध्यक्ष राम नारायण घिमिरेले सामाजिक रूपान्तरण सहकारीको भुमिकालाई सशक्त बनाउन सबैको महत्वपूर्ण भुमिका रहनुपर्ने बताए । 

सो अवसरमा सहकारीको जेष्ठ २० सदस्यलाई जाडोमा लगाउने ज्याकेट, हिटरसहित सम्मान गरिनुका साथै यस बर्षको एसईईमा उच्च अंक हासिल गर्ने सदस्यका छोरा छोरीहरुलाई नगदसहित सम्मान गरिएको थियो। 

सहकारीका अध्यक्ष रामनारायण घिमिरेले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको कारोवार ६० करोड रहेको जानकारी गराएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 3 =