अफगानिस्तानमा आठ लडाकू मारिए अन्य घाईते

 

पुस १०, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा सोमबार तालिबान लडाकू लुकेर बसेका इलाकालक्षित अफगान सुरक्षाबलले गरेको हवाई कारबाहीमा कम्तीमा आठ लडाकू मारिएका छन् । 

लोगारको आघा जिल्लामा भएको यस कारबाहीको प्रान्तीय प्रवक्ता शाहपोर अहमादजाईले पुष्टि गरेका छन् । सो कारबाहीमा आठ लडाकू मारिनुको साथै अन्य कैयौ घाइते भएका सरकारी स्रोतले औपचारिक रुपमा घोषणा गरेको हो । अफगानिस्तानमा नेटोआवद्ध सेनाको सहयोगमा अफगान सुरक्षा अधिकारीहरुले तालिबान लडाकूमाथिको कारबाही बृद्धि गरेको पाइन्छ । 

null

तालिबान लडाकूले कब्जा गरेको कैयौ स्थान सुरक्षा अधिकारीहरुको जारी राखेका प्रयासका कारण पुनः सरकारको नियन्त्रणमा आएको छ । यद्यपी तालिबान लडाकूको आक्रमणमा परी ज्यान गुमाउने सुरक्षा अधिकारीको सङ्ख्या पनि हाल दिनहरु नबढेको भने होइन । 

सोमबार भएको यस हवाई कारबाहीको अफगान सरकारसँग लडाई गरिरहेका तालिबान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *