चीनको विकासको मार्गलाई कसैले होच्याउन सक्दैन– चिनीयाँ राष्ट्रपति

 

पुस ३, बेइजिङ । चिनीयाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन् । 

चिनीया कम्युनिष्ट पार्टीले अबलम्बन गरेको ऐतिहासिक “सुधार एवं खुला नीति”को ४०औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको विकास र प्रगति त्यही नीतिका आधारमा निरन्तर अगाडि बढेको र त्यसलाई छाड्न नसकिने बताए । 

null

चिनीया ग्रेट हल अफ द पिपुलमा आयोजित भव्य समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले आर्थिक सुधारका क्षेत्रमा चीनले थप कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले हालको एक दलीय राजनीतिक प्रणालीबाट विचलित हुँदैनौं र अरु कुनैपनि मुलुकबाट आदेश लिएर काम गर्दैनौं भने । 

“समाजवादको झण्डा चिनीया भूमिमा अझै उचाईका साथ सदैब फर्फराइरहनेछ,” राष्ट्रपति सीले भने । “चीनको कम्युनिष्ट पार्टीको नेतृत्व चिनीया विशेषतायुक्त समाजवादको प्रतिरुप हो र यो चिनीया विशेषता सहितको समाजवादी प्रणालीको ठूलो उपलब्धि हो ।” 

एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *