ट्रयाङ्कर आगलागी हुँदा करिब ३ करोडको बराबरको क्षति

 

पुस ९, गाईघाट । सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीको एउटा ट्र्याङ्करमा आगलागी हुँदा करिब ३ करोडको बाराबरको नोक्सान भएको छ । उदयपुर जिल्लाको कटारी नगरपालिका– ८ स्थित गल्टारको सौर्य सिमेन्ट उद्योगमा लागलागी हुँदा एक  ट्रयाङ्कर र एक स्काभेटर जलेर रु ३ करोड मुल्य बराबरको क्षति भएको हो । 

गएराती ११ बजेतिर अचानक ट्रयाङ्करमा आगलागी हुँदा स्काभेटर समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए । प्रहरीले आगलागी कसरी भयो वा कसले गरायो भन्नेबारे अनुसन्धान भइरहेको बताएका छन् । 

null

आगलागी भएपछी स्थानीयवासी र कटारी नगरपालिकाको दमकल तथा प्रहरीकाे आगो निभाउन जुटे पनि आगो नियन्त्रण गर्न असफल भएको प्रहरी उपरीक्षक राईले बताए । 

  

् 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *