गणेशधाम निर्माण अभियानः पहिलो दिनमै १ करोड २८ लाख रूपैयाँ संकलन

 

मंसिर २४, चितवन । गणेशधाम निर्माणका लागि शनिबारबाट गणेशस्थानमा सुरू भएको महायज्ञको पहिलो दिनमै १ करोड २८ लाख रूपैयाँ संकलन भएको छ । 

महायज्ञ आयोजक मूल समारोह समितिका अध्यक्ष तथा व्यवसायी दिनेशकुमार चुकेले १ करोड १ लाख बराबरको दान गरेका छन् । यस्तै, युवा जग्गा व्यवसायी बाबुराम अधिकारीले २२ लाख २२ हजार २२२ रूपैयाँ दान गरेका छन् । 

null

यस्तै, शुक्रकुमार श्रेष्ठले दुई लाख २ हजार ९९९ रूपैयाँ, रविन्द्र बरालले २ लाख १ हजार १११ रूपैयाँ, केशवराज पौडेलले ६१ हजार ६११ रूपैयाँ दान गरेको महायज्ञ आयोजक मूल समारोह समितिका वरिष्ठ उपाध्यक्ष राजनकुमार श्रेष्ठले जानकारी दिए । 

२२ लाख दान गर्ने अधिकारीलाई बाजागाजासहित रथारोहण गरेर गणेशस्थान क्षेत्र परिक्रमा गराइएको थियो । १ करोड बढी दान गर्ने चुकेलाई आज सम्मान गरिने कार्यक्रम तय भएको आयोजक समितिले जनाएको छ । 

गणेशधाम निर्माण गर्ने अभियानमा समग्र चितवनवासी जुटिरहेका बेला आफूले साथ दिएको व्यवसायी बाबुराम अधिकारीले बताए । सबैले आ–आफ्नो क्षेत्रबाट सकेको दान गरेर गणेशधाम निर्माण गर्ने अभियानमा साथ दिन उनले आग्रह गरे । 

२९ गतेसम्म सञ्चालन हुने धनधान्याचल ज्ञानमहायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ मा युवा वाचक पण्डित दीनबन्धु पोखरेलले प्रवचन दिइरहेका छन् । 

गणेशस्थानलाई गणेशधाम निर्माण गर्ने उद्देश्यका साथ महायज्ञ लगाइएको हो । महायज्ञबाट करिब २० करोड रूपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ । 

महायज्ञ अवधिभर तुलादान, चौरासी पूजा, तथा परिक्रमा तथा धार्मिक प्रवचन सहस्र १००८ शालिग्रामको पूजा हुने गरेको महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =