मुस्लिम समुदायले अब ‘दहेज’ नलिने !

 

पुस ८, विराटनगर । छोरीलाई दाइजो होइन पैत्रिक सम्पतिको अंश देउ भन्ने नाराका साथ मोरङका मुस्लिम समूदायले दहेज विरुद्ध अभियान शुरु गरेका छन् । दाइजो विरुद्ध १० दिने अभियान अन्तर्गत मोरङको धनपालथान गाँउपालिकाका मुस्लिम समुदायहरुले कर्सिया बजारमा र्याली निकालेर दहेज विरुद्धको अभियान शुरु गरेका हुन् । 

र्यालीपछि आयोजित कोणसभामा मुस्लिम समुदायका अगुवा तथा जनप्रतिनिधीहरुले दहेज (दाइजो) लिनु र दिनु पाप हो भन्दै अबदेखि छोराछोरीको विवाहमा दहेज नलिने र दहेजपनि नदिने सामुहिक प्रतिबद्धता व्यक्त गरे । 

null

कार्यक्रममा बोल्दै धनपालथान गाँउपालिका वडा नं. ६ का वडाध्यक्ष मोहमद हुसेनले दहेज प्रथाको अन्त्यका लागि अभियान शुर गरेको भन्दै यो अभियानलाई घर–घर सम्म पुर्याउन जोड दिए । 

मुस्लिम अगुवा मौलाना सयदले दहेज विरुद्धको अभियानलाई सफल बनाउन यसको शुरुवातत परिवार र समुदायबाट हुनुपर्ने बताए । यो अभियान मोरङको १७ वटै स्थानीय तहमा सुरु गरिने कार्यक्रममा जानकारी गराइएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *