ज्वालामुखी बिस्फोटपछि इन्डोनेसियामा सुनामी: ४३ जनाको मृत्यु, ५८४ घाइते

 

पुस ८, काठमाडौं । इन्डोनेसियामा ज्वालामुखीपछि आएको सुनामीमा परि कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने ५८४ जना घाइते भएका छन् । 

इन्डोनेसियाको सुन्डा स्ट्रेट (खाडी) नजिकैको तटीय इलाकामा क्रिकाटोआ ज्वालामुखी बिस्फोट भएपछि समुन्द्रभित्र गएको पहिरोका कारण सुनामी गएको हो । 

null

सुनामीमा परि कयौँ व्यक्ति हराइरहेका छन् भने दजनौँ भवन क्षति भएको बताइएको छ । हराइरहेका तथा घाइतेको संख्या धेरै भएकाले मृत्युको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । 

सुनामीले सबैभन्दा धेरै पांडेलाङ, दक्षिण लाम्पुङ र सेराङ क्षेत्रमा क्षति पुर्याएको छ । 

इन्डोनेसिया ज्वालामुखी विस्फोट तथा भूकम्पको चपेटामा पर्दै आइरहेको छ । गत सेप्टेम्बरमा मात्रै भूकम्पपछि आएको सुनामीमा परी त्यहाँ २ हजारले ज्यान गुमाएका थिए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *