अहिलेको आबस्यकता, धार्मिक स्वतन्त्रता

समयक्रम सँगै मानिसको चाहनामा पनि परिवर्तन हुन्छन् । तर, कतिपय मान्यताहरु परम्परागत मौलिक संस्कृति भित्र पर्दछन । तिनीहरुको जगेर्ना गर्नु नागरिकहरुको कर्तव्य रहन्छ ।  

प्रश्न कहाँनेर भने, नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि मान्दै आएको धर्म सम्बन्धि अवधारणा हठात छोड्दा अहिले समग्र मुलुकमा समस्या देखा परेको छ । नेपाली कांग्रेसको चारतारे झण्डामा कल्पना गरिएका रातो र सेतो भुइँ, बिचको सेतो भुइँमा रहेका चार वटा तारा, ति तारा मध्ये एउटा तारा हो ‘धार्मिक स्वतन्त्रता’ । आफ्नो आदर्श ‘धार्मिक स्वतन्त्रतालाई’ बेवास्ता गरेर, पार्टीको आधिकारिक निकायको निर्णय बिना, अर्कैको लहैलहैमा लागेर, धर्म निरपेक्षता भन्न थालियो तब अहिले पार्टी भित्र र बाहिर हलचल नै पैदा हुन थाल्यो । 

 

null

केही मानिसहरूले धर्म निरपेक्षतालाई धर्म परिवर्तनको अवसर रूपमा अगाडि बढाए । त्यति मात्रै होइन, मुलुकको इतिहासकै बल्लियो दुई तिहाई बहुमत प्राप्त सरकार र सिङ्गै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी क्रिश्चियन धर्म प्रचारप्रसारका लागी राज्यको साधन र श्रोतकै दुरुपयोग गर्न उद्दत भयो । जसको कारण यतिबेला सरकार सर्वत्र आलोचित भएको छ । सत्तारुढ कम्युनिस्ट पार्टी भित्रै भुइचालो जान थालिसकेको छ । 

राज्यको संलग्नतामा युपिएफ प्रकरणको पछिल्लो घटनाको कारण संबिधानको भावना बिपरित स्वदेशी वैदिक सनातन धर्म संस्कृति माथी नाङ्गो हस्तक्षेप हुन पुग्यो । त्यसकारण अहिले नेपालका बहुसंख्यक हिन्दु, बुद्ध धर्मावलम्बी, मुस्लिम, किरात लगाएतका प्राचीन धर्मका अनुयायीहरुलाई पनि चिन्तित बनाएको छ । अर्कोतिर नेपालमा धर्मका नाउमा राजनीति र राजनीतिका नाउमा धर्म जोडेर विभिन्न खाले तत्वहरु सल्वलाउन थालिसकेका छन् । 

नेपाली कांग्रेस यो देशको ऐतिहासिक पार्टी हो, त्यतिबेला पनि धार्मिक स्वतन्त्रता राख्दा त्यसै राखिएको अबश्य होइन । स्थापनाकालदेखि विवाद रहित हुँदै आएको मान्यता लाई कुनै सोचबिचार नगरिकन परिवर्तन तर्फ लाग्नु गलत थियो । एकपटक गलत भयो, अब त्यसलाई जारी महासमितिको बैठकद्वारा सच्याएर अगाडि बढ्नु अहिलेको उपर्युुक्त समय हो । हो यतिबेला केही हिन्दु अतिवादीहरु हिन्दु अधिराज्य कायम हुनुपर्छ भनेर विभिन्न ढंगले लागि परेका छन् । कांग्रेस भित्र पनि यसको प्रभाव बलियो हुँदै गएको छ ।  

कांग्रेसजनहरु ! फेरि एकपटक वीपी कोइरालालाई याद गरौं । हो, लोकतन्त्रमा बहुमतको शासन चल्छ ,नेपालमा पनि हिन्दुहरुको बहुमत छ । यो भन्दै गर्दा आज सबैभन्दा बढी हिन्दु भनिनेहरु नै किन आफ्नो मौलिक धर्म परिवर्तन गरेर क्रिश्चियन हुन पुगे ? यस तर्फ कसैको ध्यान गएको छ ?  

हामी आफुलाई हिन्दु भनिरहँदा त्यही हिन्दु धर्म मान्ने दलित जातिलाई हिन्दुका मन्दिरमा प्रवेश गर्न रोक लगाउँछौं । उनिहरुलाई हेय भावले हेर्ने गर्दछौं । दुइथरी नागरिकको दर्ज्यानी पहिर्याउछौं । हरेक मानिस धन सम्पत्ति भन्दा उसको आफ्नो सम्मानको खोजिमा रहेको हुन्छ । 

अन्ततः समाजबाट उपेक्षित त्यो बर्ग अत्याधिक संख्यामा आत्मसम्मानका खातिर पनि धर्म परिवर्तन गरेको पाइएको छ । यसकारण आफुलाई हिन्दु हौं भन्नेले बहुमतका नाउँमा फेरि अर्को गल्ती गर्न हुँदैन । धर्म परिवर्तन लाई कसरी निरुत्साहित गर्न सकिन्छ त्यतातिर बिचार गर्नुपर्दछ ।  

कांग्रेस कुनै एकल जाती धर्मको पार्टी होइन । देश भित्रका सबै जाति र धर्मका प्रती समान आस्था राख्दछ भन्ने सन्देश दिन आवश्यक छ । तसर्थ स्थापना कालदेखि अवलम्बन गर्दै आएको विवाद रहित अहिलेको आबस्यकता ‘क स्वतन्त्रता’ लाई नै कायम गराउन मात्रै सके अल्पसंख्यक सबै धर्मावलम्बीहरुको आत्म सम्मान हुनेछ । यसैमा आम नेपाल र नेपाली जनताको भलो छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *