भरतपुरकाे गणेशस्थान धार्मिक पर्यटकीय गन्तव्यः मुख्यमन्त्री पौडेल

 

मंसिर २३, भरतपुर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गणेशस्थान प्रदेशकै धार्मिक पर्यटकीय गन्तव्य बन्ने बताएका छन् । 

भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित गणेशस्थान मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यका साथ सुरु भएको धनधान्याञ्चल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ को उद्घाटन गर्दै मन्त्री पौडेलले सौराहा मात्रै नभई गणेशस्थान पनि पर्यटकीय गन्तव्य बन्न सक्ने बताए । उनले भने, ‘धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा गणेशधाम चिनिँदै जानेछ ।’ 

null

मुख्यमन्त्री पौडेलले पर्यटन अवस्था राम्रो भए देशको अवस्थामा सुधार आउने बताए । उनले भने, ‘जबसम्म आर्थिक अवस्थामा सुधार आउन सक्दैन, तबसम्म आर्थिक क्रियाकलापलाई अगाडि बढाउन सकिँदैन ।’ 

 

आर्थिक अवस्थामा सुधार नआए देशको विकास र सरकारले देखेको सम्वृद्धिको सपना साकार नहुने मन्त्री पौडेलले बताए । देवघाट र गणेशधामलाई जोडेर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा चितवनलाई चिनाउन सकिने बताए । उनले भने, ‘प्रदेश सरकारबाट धाम निर्माणका लागि ९० लाख विनियोजन गरिएको छ ।’ 

 

नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा हुँदैमा हिन्दू धर्म संकटमा नपरेको भन्दै मन्त्री पौडेलले आफूलाई मन लागेको धर्म मान्न पाउनु मानिसको अधिकार भएको बताए । आध्यातमवाद र भौतिकवादबीचमा फ्युजन गरेर मात्रै विकास सम्भव भएको समेत उनको भनाइ थियो । 

कार्यक्रममा व्यवस्थापिका संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले भारतबाट आउने लाखौं भक्क्तजनलाई गणेश मन्दिरको पूजा गरेर मात्रै पशुपतिनाथको पूजा गर्न जाने वातावरण मिलाउन सके यो देशमा मात्रै नभई विदेशमा पनि प्रचार प्रसार गर्न सकिने बताए । 

गणेशस्थान वरपर रहेका करिब छ सय घरपरिवार अझै पनि सुकुम्बासी भएको भन्दै प्रदेश सरकारलाई जग्गा दर्ता गरिदिन मुख्य मन्त्रिसँग पोख्रेलले आग्रह गरेका थिए । त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावलले यस धार्मिक क्षेत्रलाई देवघाटसँग जोड्दै अगाडि बढाउन सुझाव दिइन् । 

गणेशधामको गुरुयोजना निर्माणका लागि अग्रणी भूमिका खेलेका सांसद विजय सुवेदीले मंसिर महिनाको काम गणेश धाम भन्ने अभियानलाई सम्पूर्ण जिल्लावासीले साथ दिएको बताए । महायज्ञमा सहभागी भएर आफ्नो दक्षता अनुसारको सहयोग गर्न चितवनवासीलाई आग्रह समेत गरेका थिए । 

उद्घाटन अघि गणेशधामबाट सुरु भएको रथ सहितको शोभायात्रामा हजारौंको सहभागिता रहेको थियो । शोभा यात्रा बाइपास रोड हुँदै विशाल चोक, क्याम्पसगेट, लायन्सचोक, शहिदचोक, लीलाचोक, पोखरा बसपार्क हुँदै गणेशधाम पुगेर उद्घाटन शत्रमा परिणत भएको थियो । 

शोभायात्रामा भरतपुर महानगरका विभिन्न वडाका टोलसुधार समिति, आमा समूह, धार्मिक संघसंस्था, युवा क्लब, विद्यार्थी, उद्योगी ब्यवसायीलगायतको सहभागिता रहेको थियो । 

¥यालीमा सहभागीले आ–आफ्नो संघ संस्थाको ब्यानर लिएका थिए भने आ–आफ्नो जाति र संस्कृति झल्कने पहिरन लगाएका थिए । गणेशधाम निर्माणका लागि निस्किएको शोभायात्रा चितवनमा भएका धार्मिक कार्यक्रममा अहिलेसम्मको सबैभन्दा ठूलो भएको आयोजकको दाबी छ । 

कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जितनारायण क्षेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानलगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा महायज्ञ मूल आयोजक समारोह समितिका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा सम्पन्न भएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =