राइटपाथको क्यानडा सेमिनारमा विद्यार्थीको घुईंचो

पुस ५, काठमाडौं । क्यानडा पछिल्लो समय शैक्षिक हव बन्दै गइरहेको अवस्थामा नेपाली विद्यार्थी पनि उच्च शिक्षाका लागि क्यानडा जाने लहड बढिरहेको छ । 

यसै सन्दर्भमा क्यानडा गएर उच्च शिक्षा हासिल गर्ने तथा करियर सुनिश्चित गर्ने विद्यार्थीलाई लक्षित गर्दै राजधानीको पुतली सडक स्थित राइटपाथ करियर काउन्सेलिङले क्यानडा ग्राण्ड सेमिनार आयोजना गरेको छ । 

 

null

राइटपाथको सेमिनार हलमा आयोजित कार्यक्रममा बोल्दै Liaison College का प्रवक्ता तथा कलेज डाइरेक्टर हिमान्सुले उच्च शिक्षासँगै अवसरका लागि क्यानडा विश्वकै उत्कृष्ट गन्तब्य भएको बताए । उनले क्यानडामा डिग्री हासिल गरिसकेपछि आफुले चाहे अनुसारको अवसर पाउन सकिने बताए । 

सेमिनारमा विद्यार्थीलाई काउन्सेलिङ गर्दै Commonwealth College की नेपाल प्रतिनिधि Evie-May kilby-Tyre ले पछिल्लो समय क्यानडा विश्वभरका विद्यार्थीहरुको रोजाइमा परेको बताइन् । उनले नेपाली विद्यार्थीलाई क्यानडा अध्ययनका लागि लागत र अवसरका हिसाबले सहज देश भएको जानकारी दिइन् । 

सेमिनारमा बोल्दै European School of Esthetics का कन्ट्री एड्भाइजर रोशन श्रेष्ठले विश्वस्तरीय शिक्षा हासिल गर्न क्यानडा लागत र अवसरका हिसाबले विद्यार्थीलाई सहि देश भएको भन्दै नेपाली विद्यार्थीलाई कलेजले विभिन्न स्करलशिप समेत दिँदै आएको बताए । उनले कलेजको शैक्षिक प्रणाली विश्वस्तरीय भएको जिकिर गरे । 

सेमिनारमा करिब एक सय बढि विद्यार्थीको सहभागीता रहेकोमा दश जना विद्यार्थीको अन द स्पट एड्मिसन गरिएको राइटपाथका एडमिसन अफिसर सम्राट सिं ठकूरीले बताए । ‘विद्यार्थीलाई Abroad Study का विषयमा राइटपाथले सहि काउन्सेलिङ गर्दै आएकोमा पछिल्ला दिनमा क्यानडा जाने विद्यार्थीको संख्या बढ्दो छ । राइटपाथ भनेकै क्यानडाका लागि हो भन्ने विस्वास विद्यार्थीमा बढेको पाएका छौं ।’ उनले भने । 

क्यानडा पछिल्ला वर्षहरूमा नेपाली विद्यार्थीलाई उच्च शिक्षाको चाहना पूरा गरिदिने उत्कृष्ट मुलुकको रूपमा दरिएको छ। सहजै भिसा पाइने र पढाइ तथा रोजगारीलाई पनि सँगसँगै लैजान सकिने हुनाले नेपाली विद्यार्थीलाई क्यानडा सहज देश भएको हो । 

राइटपाथ बाट क्यानडा अप्लाइ गरेका विद्यार्थीले २४ घण्टा भित्र अफर लेटर पाएका छन् । पछिल्ला दिनहरु क्यानडालाई अवसरको खानीका रुपमा लिइदै आएको छ । क्यानेडेली सरकारले अन्तराष्ट्रिय विद्यार्थीलाई क्यानडा प्रवेश गर्न सहज वातावरण बनाइदिएपछि दुई वर्ष यता क्यानडामा अन्तराष्ट्रिय विद्यार्थीको संख्या बढ्दो छ ।  

क्यानडा विद्यार्थीहरुको लागि अत्यन्तै लोकप्रिय देश भएकोले विश्वभरीबाट त्यहाँ अध्ययनका लागि जाने विद्यार्थीहरुको चाप कम गर्न त्यहाँका विश्वविद्यालय तथा कलेजले न्यून संख्यामा अन्तराष्ट्रिय विद्यार्थीहरु लिने गर्दछन् । यसले गर्दा कहिलेकाँही विद्यार्थीको अफर लेटर आउन धेरै समय लाग्ने गर्दछ ।  

राइटपाथले क्यानडाका धेरै विश्वविद्यालय र कलेजसँग प्रत्यक्ष काम गरिरहेकोले आजको सेमिनारमा आएका तीन कलेजले नेपाली विद्यार्थीको सहजताका लागि सहज प्रकृयाबाट २४ घण्टा भित्रै अफर लेटर दिने ब्यवस्था गरेको तथा यस्ता सेमिनारले विद्यार्थीको समस्याहरु हल गर्न सहयोग पुर्याउने राइटपाथका संस्थापक प्रमुख कार्यकारी अधिकृत फिलिप डिसीले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *