सहमति खोज्न नेकपा बैठक तीन दिन सारियो, दोहोरो जिम्मेवारी खारेज : अध्यक्षबाहेकलाई एक पद

सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)को स्थायी समिति बैठक राजनीतिक प्रतिवेदनमा सहमति खोज्न तीन दिन पर धकेलिएको छ । गत २९ मंसिरबाट सुरु भएको बैठकमा शीर्ष नेताहरूकै मत बाझिएपछि सहमतिको प्रयासमा बैठक स्थगित गरिएको हो ।  

सचिवालयका नेताहरूमध्ये राजनीतिक प्रतिवेदनमा अध्यक्षद्वय ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल र सदस्य ईश्वर पोखरेल एउटा कित्तामा उभिएका छन् भने वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सदस्य वामदेव गौतम अर्को कित्तामा उभिएका छन् । सचिवालय सदस्य रामबहादुर थापा भने विवादबारे मौन छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।  

‘अध्यक्षसहित शीर्ष नेताहरूले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरूमाथि बीचको समयमा सहमतिका लागि गृहकार्य गर्नुहुनेछ,’ स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले भने, ‘अध्यक्षद्वयको व्यस्तताका कारण बैठक पर सारिए पनि मूल रूपमा यसबीचमा सहमतिकै लागि गृहकार्य हुनेछ ।’  

null

शनिबार पार्टी कार्यालय, धुम्बाराहीमा दुई घन्टा चलेको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका थिए । सरकार र पार्टी नेतृत्वको वस्तुसंगत आलोचना नभएको भन्दै ज्ञवालीले नेताहरूमा त्यस्तो प्रवृत्ति हाबी हुँदै गए पार्टी र कम्युनिस्ट आन्दोलनले नै ठूलो क्षति व्यर्होनुपर्ने चेतावनी दिए । 

दुईतिहाइ बहुमतसहित मुलुकको नेतृत्व सम्हालिरहेका वेला सबै नेताहरू जिम्मेवार र वस्तुसंगत रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिँदै उनले सरकार र पार्टी नेतृत्वको प्रतिरक्षा गरे । 

ओली सरकारको काममा, प्रचण्ड गृह जिल्लामा वयस्त शनिबार बिहान बसेर स्थगित नेकपा बैठक  साँझ ४ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेगरी शनिबार बिहानको बैठक स्थगित भएको थियो । 

तर, बैठक आधा घन्टा ढिलो सुरु हुने भन्दै सदस्यहरूलाई साढे ४ बजे उपस्थित हुन भनिएको थियो । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली त्यही समयमा सरकारी वकिलहरूको राष्ट्रिय भेलामा सहभागी भएपछि बैठक ११ मंसिरसम्मका लागि स्थगित भएको केन्द्रीय कार्यालयसचिव कृष्णगोपाल श्रेष्ठले ३ः३० बजे सूचना जारी गरे । 

अध्यक्ष प्रचण्ड सोमबार र मंगलबार गृह जिल्ला चितवनका विभिन्न कार्यक्रम र प्रधानमन्त्री ओली सरकारी काममा दुई दिन व्यस्त रहनुपर्ने भएकाले बैठक स्थगित भएको नेताहरूले बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *