नेपाल जेसिजकाे नेतृत्वको लागि आज निर्वाचन हुँदै, ३१ जना चुुनावि मैदानमा

  

 

जनकपुर ९ पाैष । नेपाल जेसीजको ४५ औं राष्ट्रिय महाधिवेशनमा वर्ष २०१९ काे नेतृत्वको लागि आज निर्वाचन हुँदै छ ।३१ जना चुनावी मैदानमा हाेमिएका छन् । शनिबारबाट जनकपुरमा सुरु भएको राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ३१ जनाकाे उमेदवारी परेकाे हाे । 

null

वर्ष २०१९ का लागि अध्यक्षका लागि इटहरी जेसिजबाट महेश पाैडेल र बाग्लुङ जेसिजबाट सुदिपराज भण्डारी राष्ट्रिय अध्यक्ष पदकाे मैदानमा छन् । 

 

राष्ट्रिय कार्यकारी उपाध्यक्ष ४ जना पदकाे लागि ९ जनाकाे उमेदवारी परेकाे छ । नेपाल जेसिज वर्ष २०१८ काे उपाध्यक्ष रविन पाेखरेल सहित ८ जना चुनावी मैदानमा उभिएका हुन । भकुण्डे जेसिजका अध्यक्ष रूकमणी सिग्देल, थानकाेट जेसिजका अध्यक्ष माेहन लाल डाँगी लगायत २० जना राष्ट्रिय उपाध्यक्ष पदकाे मैदानमा छन् । नेपाल जेसिजकाे राष्ट्रिय उपाध्यक्षमा १२ पदकाे लागि २० जनाकाे उमेदवारी परेकाे हाे । 

 

नेपाल जेसीजले जनकपुर जेसीजको आतिथ्यमा जनकपुरमा आयोजित तीन दिने महाधिवेशनले बर्ष २०१९ का लागि नयाँ नेतृत्व चयन गर्ने छ । नेपाल जेसीजको १४५ शाखा रहेको छ । महाधिवेशनमा देशभरबाट करिब दुई हजार प्रतिनिधि जनकपुरमा भेला भएका छन । 

जेसिजले युवाभित्र भएको प्रतिभालाई उजागर गर्दै सफल नेतृत्व प्रदान गर्ने उद्देश्य लिएर काम गर्दै आएको छ । जेसिजको महाधिवेशन यो चौथौ पटक जनकपुरमा भएको हो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *