कांग्रेस आफ्नो सिद्धान्त त्यागेर हिन्दू राष्ट्रका पक्षमा आउँछः कमल थापा

 

पुस ६, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली काँग्रेस हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रमा आउने दाबी गरेका छन् । 

शुक्रबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष कमल थापाले नेपाली काँग्रेस राप्रपाकै सिद्धान्तमा आउने दाबी गरेका हुन् । 

null

कार्यक्रममा राप्रपा अध्यक्ष थापाले कांग्रेस हिन्दु राष्ट्रको पक्षमा उभिएमा राप्रपा सहकार्य गर्न तयार रहेको बताउँदै कांग्रेसलाई हिन्दु राष्ट्रको पक्षमा साहसिक निर्णय गर्न आग्रह गरे । 

‘राप्रपाले हिजो हिन्दु राष्ट्रको एजेण्डा एक्लै बोक्यो । तर अहिले काँग्रेसमा पनि जोडदार रुपमा हिन्दू राष्ट्रको पक्षमा आवाज उठ्न थालेको छ’, उनले भने, ‘काँग्रेसमा हस्ताक्षर अभियान नै चल्न थालेको छ । कांग्रेसले अब हिन्दू राष्ट्रको पक्षमा साहसिक निर्णय गरोस् ।’ 

त्यस्तै उनले राजसंस्थाप्रति अझै पनि जनतामा आस्था र विश्वास रहेको बताए । ‘राप्रपाले आगामी फागुनबाट हिन्दु राष्ट्र निर्माणलाई प्रमुख मुद्दा बनाएर संघर्ष शुरु गर्छ’ उनले भने ।  

अध्यक्ष थापाले पूर्वसहमति अनुसार आएमात्रै तीन राप्रपाबीच एकीकरण हुने जानकारी दिए । सबै कुरामा सहमति भइसकेको भएतापनि पशुपति समशेर र प्रकाशचन्द लोहनी घोषणा गर्ने भनेको दिन उपस्थित नभएका कारण एकीकरण नभएको थापाको भनाइ थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *