माथिल्लो तामाकोशीमा मन्त्री पुनको ताकेता

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण गति बढाउन निर्देशन दिएका छन्। 

९७ प्रतिशत निर्माण पूरा भएको आयोजनामा देखिएको समस्या समाधान गरेर बाँकी काम सम्पन्न गर्न निर्देशन दिएका हुन्। 

मन्त्री पुनले सोमबार सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अप्पर तामकोसी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठसँग भेट गरी ७ दिनभित्र आयोजनाको काम सम्पन्न गर्ने अवधिसहितको खाका बुझाउन भनेका छन्। 

null

उनले आयोजनाको परामर्शदाता टेक्सम्याको रेलवे इन्जिनियरिङ कम्पनीसँग पनि आयोजनामा अहिले देखिएको समस्या र समाधानको उपायबारे छलफल गरे। 

मन्त्रीको निर्देशनपछि परामर्शदाताले एकसातामा आयोजना निर्माणको खाका बुझाउने प्रतिवद्धता जनाएको छ। तत्काल रोकिएको निर्माण कार्य सुचारु गराउन नसकेमा ठेक्का तोडेर प्रक्रिया अघि बढाउन पनि पुनले निर्देशन दिए। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *