ट्रकको ठक्करले पत्रकार प्रवीण पौडेलको निधन

 

पुस १३, चितवन । एपी वान टेलिभिजनका पत्रकार तथा क्यामेरा पर्सन प्रवीण पौडेलको मृत्यु भएको छ ।  

पूर्वी चितवनको  टाँडीमा ट्रकले ठक्कर दिँदा उनको शुक्रबार मृत्यु भएको हो । 

null

बिहान ११ बजेतिर रत्ननगरस्थित निपनी चोकबाट सौराहा जाँदै गरेका पौडेल सवार बा १ प ९२१ नम्बरको स्कुटरलाई ना २ ख २१६६ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएका पौडेललाई भरतपुर अस्पचाल पुर्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *