ठग्ने ट्याक्सी बिरुद्ध कारवाही जारी : एसएसपी पन्त

मंसिर २६, काठमाण्डौं । महानगरीय ट्राफिक महाशाखाले यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने तथा मिटर बिगार्ने ट्याक्सी माथि धमाधम कारवाही गरिरहेको जनाएको छ । 

ट्राफिक प्रहरीले ठग्ने ट्याक्सीबिरुद्ध आर्थिक वर्ष ०७५/०७६ मा ३ हजार ४ सय २ लाई कारवाही गरेको हो । एक सातामै १ हजार ३ सयबढी ट्याक्सी चालक कारबाहीमा परिसकेको महानगरीय ट्राफिक महाशाखाको तथ्यांकले देखाएको छ । 

 

null

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी बसन्तकुमार पन्त उपत्यकामा ट्याक्सीको ठगी थामि नसक्ने गरी बढेपछि कारवाहीलाई अभियानकै रूपमा लिनुपरेको बताए । ट्राफिक प्रहरीले ठग्ने ट्याक्सी बिरुद्ध कारवाहीका लागि सादा पोसाकमा दर्जनौं प्रहरी खटाएर कारवाही गर्दै आएको छ । 

राजधानीका बिभिन्न स्थानमा यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने तथा मिटर बिगार्ने ९०५ जना ट्याक्सी चालक मंसिर २ गते देखि २५ गते सम्ममा मात्र कारवाहीको दायरामा आएका महाशाखाका एसएसपी पन्तले वताए । 

ट्राफिक प्रहरीले सोमबार पनि उपत्यकाका बिभिन्न ठाउँमा भाडा बढी लिने, मिटरमा नजाने, मिटर बिगार्ने ६९ ट्याक्सी चालकलाई कारवाही गरेको थियो भने मंगलवार ७२ ट्याक्सी चालक पनि कारवाहीमा परेक थिए । 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ६० मा पाँच पटकभन्दा बढी कसुर गरेमा ६ महिनासम्म सवारी चालक अनुमतिपत्र निलम्बन हुने व्यवस्था गरिएको छ । एसएसपी पन्तले पाँच पटक कसुर दोहोर्याउने माथि अनुमतीपत्र निलम्बन गर्न यातायात व्यवस्था विभागमा लेखि पठाउने बताए । 

महाशाखाले यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकमाथि कारवाही तिब्र पारिएको जनाएको छ । 

ट्राफिक प्रहरीले ठग्ने ट्याक्सी बिरुद्ध कारवाहीका लागि सादा पोसाकमा दर्जनौं प्रहरी खटाएर कारवाही गर्दै आएको छ । यात्रुहरुलाई कुनै गुनासो तथा समस्या परे महानगरिय ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ मा फोन गर्न तथा ९८५१२९५१०० मा एसएमएस गर्न आग्रह समेत गरेको छ । 

यात्रुले चाहेको स्थानमा जान नमानेमा ट्राफिकको कारवाहीमा परेका चालकले प्रत्येक पटक ३ हजार राजश्व तिर्नुपर्ने व्यवस्था छ । पाँचपटकसम्म गल्ती दोहोरिएमा ६ महिना अनुमतीपत्र खारेज हुने सवारी तथा यातायात व्यवस्था ऐन २०४९ रहेको छ । 

महानगरीय ट्राफिक महाशाखाले हाल सम्म २०७० देखि २०७५ मंसिर २५ गते सम्म २८ हजार २ सय ५५ जना ट्याक्सी चालकलाई कारवाहीको दायरमा ल्याइसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *