पुष १५ गतेदेखि जनकपुर र बुटवलबाट पनि पुनः श्रम स्वीकृति दिने

काठमाडौँ । यही पुष १५ गतेदेखि २ नम्बर प्रदेशको जनकपुर र ५ नम्बर प्रदेशको बुटवलबाट पनि श्रम तथा रोजगारसम्बन्धी कामहरु सुरु गरिने भएकाे छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएकाे हाे । 

यी कार्यालयबाट पुनः श्रम स्वीकृति दिने, वैदेशिक राेजगारसम्बन्धी इजाजत पाएका संस्थाहरु तथा अभिमुखीकरण तालिम दिने संस्थाहरुको अनुगमन र नियमन गर्ने, वैदेशिक रोजगारी सम्बन्धी सूचना जानकारी दिने र गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएकाे छ । 

null

विगतमा केन्द्रमा मात्र श्रम स्वीकृति लगायतका काम हुने हुँदा विदेश जान लागेका र पुनः श्रम स्वीकृति लिनेका लागि याे प्रक्रिया कष्टकर बनिरहेकाे थियाे । 

यसबाहेक मन्त्रालयले बाँकी प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट पनि पुनः श्रम स्वीकृति लगायतका अत्यावश्यक सेवा प्रवाह गर्ने तयारी गरिरहेको छ । यसाे हुन सकेकाे खण्डमा सेवाग्राहीलाई अझ सहज र सुलभ हुने मन्त्रालयकाे अपेक्षा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 6 =