एन आई सी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा पुग्यो ओखलढुङ्गाको कुन्तादेवीमा

मंसिर २१, ओखलढुङ्गा । गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको एन आई सी एशिया बैंकले ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा समेत शाखारहित बैंकिङ्ग सेवा पुर्याएको छ । गाउँपालिकाको कुन्तादेवी पसल डाँँडामा आपm्नो विसौं शाखारहित बैंकिङ्ग सेवा आजबाट सञ्चालनमा ल्याएको हो ।  

उक्त शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन सो क्षेत्रका सांसद यज्ञराज सुनुवारले गरेका छन् । उक्त अवसरमा बोल्दै सांसद सुनुवारले पहाडी क्षेत्रका जनतालाई आफ्नै घर आँगनमा बैंकिङ्ग सुविधा दिन एन आइ सी एशिया बैंकले देखाएको तदारुकताको प्रशंशा गरे । 

उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा संजय खत्रीलाई बैंक द्वारा नियुक्त गरिएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने बैंकले जनाएको छ ।  

null

साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।  

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा/शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गर्ने योजना अगाडि सारेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *